Friday, February 7, 2025
Homeफिचरमहिना दिन बन्द गंगामाला खुल्दै, मन्दिर परिसरमा सरसफाई

महिना दिन बन्द गंगामाला खुल्दै, मन्दिर परिसरमा सरसफाई

- Advertisement -spot_img

 

प्रदेश टुडे
सल्यान, ३२ साउन । धार्मिक पर्यटनको महत्वपूर्णस्थल सल्यान कालिमाटीको गंगामाला भगवती मन्दिरको सरसफाई गरिएको छ । साउन महिनाभर बन्द रहने यो मन्दिर आज शुक्रबारदेखि खुल्दै छ । त्यस अघि मन्दिर परिसर र मन्दिरसम्म पुग्ने सिढीको सरसफाई गरिएको मन्दिर व्यवस्थापन समितिका निवर्तमान सचिव शशिराम वलीले जानकारी दिए ।

कालिमाटी गाउँपालिका वडा नम्बर ३ मा अवस्थित गंगामाला भगवती मन्दिरमा देशका विभिन्न स्थानबाट सयौँ मानिसले दर्शन, अवलोकन र पूजाअर्चना गर्दछन् । बिहीबार मन्दिर व्यवस्थापन समितिको अगुवाइमा ३ नम्बर वडाका जनप्रतिनिधि, ईलाका प्रहरी कार्यालय कालिमाटीका प्रतिनिधि तथा स्थानीयहरूले सरसफाई गरेको वलीले जनाए ।

पवित्र धार्मिक स्थललाई सफा, सुन्दर बनाउनका लागि रामपुर बजारदेखि मन्दिर परिसरसम्मको सिढी र मन्दिर वरिपरी बिहान सरसफाई गरिएको थियो । वडा अध्यक्ष शिव बहादुर खत्री, ईप्रका कालिमाटीका प्रहरी सहायक निरिक्षक लक्ष्मण अधिकारी, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष थमन बहादुर खत्रीलगायत प्रहरी, स्थानीय व्यापारी सरसफाईमा सहभागी भएका थिए ।

मन्दिरका पुजारी टोप बहादुर राजीका अनुसार गंगामालाको दर्शन, अवलोकनका लागि कैलाली कञ्चनपुर, बाँके, बर्दिया, दाङ, प्यूठानलगायत देशका विभिन्न जिल्लाबाट मानिसहरू आउने गरेका छन् ।

मन्दिरमा पूजाअर्चनासँगै बोका, पाठी र कुखुराको बली पनि चढाइन्छ । मन्दिरमा वर्षभरी करिब चार हजार बढी बोका, पाठीको बली चढ्ने गरेको छ । बली चढाएका टाउको बिक्रिबाट र दानपेटिकामा खसेको दान रकम गरेर मन्दिरले वार्षिक १२ देखि १४ लाख रूपैयाँसम्म आम्दानी गर्ने गरेको समितिका निवर्तमान सचिव वलीले जानकारी दिए । मन्दिरमा पूजाअर्चनाको क्रममा चढाएको भेटी बापतको रकम भने पुजारीले नै लग्ने गरेका छन् ।

कालिमाटी गंगामाला भगवती मन्दिरमा हरेक वर्षको मंसिर महिनामा ठूलो मेला लाग्ने गर्दछ । धान्य पूर्णिमाको अवसरमा त्यस क्षेत्रमा परम्परादेखि मेला लाग्ने गरेको छ । यो मन्दिर हरेक वर्षको साउन महिनामा बन्द रहन्छ । स्थानीय बूढापाकाका अनुसार साउन महिनामा गंगामाला भगवती रजस्वला हुने भएकाले यो महिनामा मन्दिर बन्द रहन्छ ।

कालिमाटी गाउँपालिकामा गंगामाला भगवती मन्दिरसँगै त्रिकोटेश्वर मन्दिर, कछुवा दह, शिव मन्दिर, सिम्ले लहरा, चमेरे गुफालगायतका पर्यटकीय एवं धार्मिकस्थल छन् । पालिकाभित्रका धार्मिक एवं पर्यटकीयस्थलको संरक्षण, विकास, प्रचारप्रसारका लागि गाउँपालिका आफै र प्रदेश, केन्द्र सरकार तथा विभिन्न निकायसँग समन्वय भइरहेको कालिमाटी गाउँपालिका अध्यक्ष दान बहादुर केसीले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here