Friday, February 7, 2025
Homeसमाजमकैमा डाँठ कुहिने समस्या, मर्कामा किसान

मकैमा डाँठ कुहिने समस्या, मर्कामा किसान

- Advertisement -spot_img

जीतसागर जी.एम.
दाङ, ३२ साउन । पश्चिम दाङमा मकैमा डाँठ कुहिने समस्या देखिएको छ । तुलसीपुर उपमहानगरपलिकाको वडा नम्बर १ र २, शान्तिनगर गाउँपालिकामा मकैको डाँठ कुहिने समस्या देखिएको हो । मकैको डाँठ कुहिने समस्या देखिएपछि मकै ढलेका छन् । पसाउन लागेका मकै डाँठ कुहिने समस्याले ढल्न थालेका हुन् ।

मकैमा डाँठ कुहिने समस्या सबैभन्दा बढी शान्तिनगर गाउँपालिकामा देखिएको छ । शान्तिनगरमा राजकुमार जातको हाईब्रिड मकैमा डाँठ कुहिने समस्या देखिएको छ । मकै फल लाग्ने बेलामा डाँठ कुहिने समस्या देखिएपछि किसान चिन्तित भएका छन् ।

मकैको फल नलाग्दै डाँठ कुहिने समस्या देखिएपछि उत्पादन नहुने निश्चितजस्तै भएको शान्तिनगर गाउँपालिका वडा नम्बर ४ कजेरी टोल एकलीका किसान तेज विश्वकर्माले बताए । ‘मकै डाँठ कुहिएर सबै ढल्न थाल्यो’ उनले भने– ‘भर्खर पसाउन थालेको मकै रोग लागेर ढल्न थालेपछि उत्पादन नहुने निश्चित भइसक्यो ।’

किसानले लगाएको राजकुमार जातको हाईब्रिड मकैमा डाँठ कुहिने समस्या देखिएको उनले बताए । ‘राजकुमार जातको हाईब्रिड मकैमा डाँठ कुहिने समस्या देखिएको छ ।’ उनले भने– ‘सहकारीले बीउ दिएको थियो, त्यहि मकैमा अहिले डाँठ कुहिने समस्या देखिएको छ ।’ मकैमा डाँठ कुहिने समस्या पहिलो पटक देखिएको हो । ‘राजकुमार जातको मकैमा डाँठ कुहिने समस्या यसवर्ष पहिलो पटक देखिएको हो’ उनले भने– ‘उत्पादन दिने बेलामा मकैमा समस्या देखिएपछि चिन्तामा छौँ ।’

राजकुमार जातको मकै यसअघि पनि लगाएकोले उत्पादन राम्रो दिएपछि निरन्तरता दिँदा यसवर्ष समस्या देखिएको उनले बताए । उनले १२ कट्ठा जग्गामा लगाएको मकैमा नै समस्या देखिएको हो । ‘मैले १२ कट्ठा जग्गामा लगाएको मकैमा नै समस्या देखिएको छ’ उनले भने– ‘यसको समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यान जावस् ।

एकली गाउँमा करिब ६० घरका किसानले लगाएको मकैमा अहिले डाँठ कुहिने समस्या देखिएको छ । मकैको फल राम्रो लागेको तर खान तयार नहुँदै डाँठ कुहिने समस्या देखिएको छ । मकैले उत्पादन दिने बेलामा डाँठ कुहिन थालेपछि समस्यामा परेका अर्का किसान पदमराज कँडेलले बताए । ‘मकैले उत्पादन दिने बेलामा रोगको समस्या देखिएको छ।’

उनले भने–‘यसवर्ष राम्रो उत्पादन लिने आशा थियो, तर मकैमा अहिले देखिएको रोगले सबै मकै ढलेर सखाप भएको छ ।’
मकैमा देखिएको समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गरिएको उनले बताए । ‘सम्बन्धित निकायलाई जानकारी गराईसकेका छौँ’ उनले भने– ‘जतिसक्दो छिटो समाधान नभए सबै मकै सखाप हुने निश्चित छ ।’

शान्तिनगर गाउँपालिकाका कृषि शाखा प्रमुख यमकान्त पाण्डेले राजकुमार जातको मात्रै नभएर सबै जातको मकैमा समस्या देखिएको बताए । ‘अन्य जातको मकैमा पनि डाँठ कुहिने समस्या देखिएको छ ।’ उनले भने– ‘मकैमा विषादी छर्कन पनि समस्या छ, अब त्यो समस्या समाधान गर्न निकै मुस्किल देखिएको छ ।’

मकैमा देखिएको रोग बारेमा गाउँपालिकाका जनप्रतिनिधि, कृषि ज्ञान केन्द्र घोराहीलगायतका ठाउँमा जानकारी गराएको उनले बताए । ‘मकैमा पछिल्लो समय देखिएको समस्या समाधानका लागि सम्बन्धित निकायमा जानकारी गराएको छु’ उनले भने– ‘मकैमा देखिएको समस्या किटनाशक औषधि छर्कन पनि सम्भव नहुने रहेछ ।’

कृषि ज्ञान केन्द्र दाङका प्रमुख नरेश धितालले पश्चिम दाङमा मकैमा देखिएको समस्याबारे जानकारी पाएको बताए । ‘मलाई जानकारीमा आएपछि नेपालगंजबाट विज्ञको टोली शान्तिनगरमा पुगेको छ’ उनले भने– ‘हामी पनि मकैमा देखिएको समस्या पहिचानका लागि अनुगमनमा जाने तयारी गरेका छौँ ।’ शान्तिनगरमा बढी समस्या देखिएको उनले बताए । ‘शान्तिनगरबाट चिठी नै आएको देखिएको छ’ उनले भने– ‘हामी अनुगमनका लागि पुग्दै छौँ ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here