Tuesday, May 20, 2025
Homebreaking-newsतिब्र रूपमा फैलिदै सल्यानमा आँखा पाक्ने रोग

तिब्र रूपमा फैलिदै सल्यानमा आँखा पाक्ने रोग

- Advertisement -spot_img
हिमाल शर्मा 
सल्यान, ३२ साउन । सल्यानमा आँखा पाक्ने समस्या बढ्दै गएको छ । आँखा पाक्ने रोग तिव्र रुपमा फैलिएपछि जिल्लाका केही निजी (संस्थागत) विद्यालयले एक हप्ताका लागि विद्यालय बन्द गरेका छन् । विद्यार्थीलाई संक्रमित हुनबाट जोगाउन विद्यालयले भदौ ३ गतेसम्मका लागि विद्यालय बन्द गरिएको मोर्डन तुल्सी माध्यमिक विद्यालय शितलपाटीका भाइस प्रिन्सिपल दिपेन्द्र डाँगीले जानकारी दिए ।
केही विद्यार्थीमा आँखा पाक्ने रोग देखिएको र अन्य विद्यार्थीमा पनि फैलिन सक्ने भएकाले एकहप्ताका लागि विद्यालय बन्द गर्नुपरेको उनले बताए । भिडभाडमा यस प्रकारको संक्रमण छिटो फैलिने भएकाले यसको नियन्त्रणका लागि विद्यालय बन्द गर्नुपरेको उनको भनाइ छ । शारदा नगरपालिकाका मोर्डन तुल्सीसँगै ब्राइट रोजल्याण्ड र मित्र प्याराडाइज बोर्डिङ स्कुल पनि बन्द भएका छन् ।
जिल्लामा पछिल्लो समय आँखा पाक्ने रोग फैलिएको शितलपाटी आँखा अस्पतालले जनाएको छ । पहिले ४० देखि ४५  जनासम्म आँखाका बिरामी आउने गरेकोमा आजभोलि १ सय ५० जनासम्म पुग्ने गरेको शिलतपाटी आँखा उपचार केन्द्रकी इन्चार्ज नवीना चौधरीले बताइन् ।
चिकित्सकीय भाषामा आँखाको सेतो भाग सुन्निने र रातो हुने समस्यालाई ‘एडिनो भाइरल कन्जंग्टिवाइटिस’ भनिन्छ । यस्तो संक्रमण हुँदा आँखा गुलाफी वा रातो देखिने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्नेलगायतका लक्षण देखिने इन्चार्ज चौधरीले बताइन् ।
बिरामीको परेला सुन्निने, आँखामा केही बिझेजस्तो महसुस हुने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुनेलगायतका समस्या पनि देखिने उनको भनाइ रहेको छ । उनका अनुसार संक्रमण सामान्यत ७ देखि १० दिनसम्म रहन्छ । तर कसै–कसैमा भने जटिल बनेर आँखाको कोर्नियामा समेत असर गर्न सक्छ । त्यसैले संक्रमण देखिनासाथ उपचार प्रक्रियामा जान उनको सुझाव छ ।
संक्रमित व्यक्ति वा घरबाहिर गएर फर्केका स्वस्थ व्यक्तिले हात नियमित रूपमा साबुनपानीले धुने, बिरामीले प्रयोग गरेका तौलिया, रुमाल, लुगाफाटो, मेकअपका सामान अरूलाई प्रयोग गर्न दिन नहुने उनले सुझाइन् । रोग लागिहाले चिसो पानीले समय–समयमा आँखा सफा गर्ने, तातो चिजले नसेकाउने, घरेलु औषधी प्रयोग नगर्न पनि उनले सल्लाह दिएकी छन् ।
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here