श्रीराम दहित
साधक झैँ जिउन सिकौं सामर्थ्य हाम्रो वृद्धि होस् !
साधनाबाट अनुभव गरौँ व्यक्तित्व हाम्रो रुपान्तरण होस् !
देशको आवश्यकता साधक आज हरेक क्षेत्रका लागि !
सबै क्षेत्र पवित्र उत्कृष्ट बन्ने छन् नागरिक भए त्यागी !
साधना शक्तिले सिद्धि प्राप्ति गरी मातृभूमिलाई अर्पित गरौँ !
सुर–दुर्लभ मनुष्य काया प्राणी हितमा अर्पित गरौं !
साधनाले व्यक्तिमा देवत्व जाग्नेछ, राष्ट्रको असल सम्पत्ति !
मानव जब तेजस्वी बन्नेछ हट्नेछ सम्पूर्ण हाम्रो विपत्ति !
साधनाबाट नरनारायण बन्छन् आध्यात्मिक उर्जा हो आधार !
विश्वको नेतृत्व गर्ने छन् साधक मानव स्तरमा रमाउने हाम्रो रहर !
साधना शक्तिले हिंसा भ्रष्टाचारलाई चुनौती दिंदै जानौं हामी सबै !
मातृभूमिको अस्थित्व जोगाउन साधक बनौं हामी सबै !
साधना गरी सहअस्थित्व सहकार्यका लागि स्वयं अनि देशलाई माया गरौं !
हाम्रो अस्मिता माथि कसैले औंला नउठाओस् व्यावहारिकता देखाऔं
विश्वशान्ति साझा लक्ष्य हामी सबैको अलमलमा कोही नपरौं !
कल्पना साकार स्वस्थ समृद्ध जीवन व्यर्थ हुन दिने छैनौं !
ऋषि वंशका हामी नरबाट नारायण बन्नु छ जीवन साधना अपनाऔं !
स्वस्थ स्वच्छ समृद्ध राष्ट्र नेपाल साधक बनी विश्वमा चिनाऔं !