लिखिराम थारु
ग्रीष्मको घोर उष्ण तापबाट, म नै तिमीलाई बचाउँछु ।
शिशिरको सितलहरहरुमा, जलेर तिमीलाई तताउछु ।।
कुर्सी मेच इत्यादि सबै अडेका छन, तिम्रै घरमा ।
प्रकृति शुद्घिकरणका लागि प्राणवायु, मेरै भरमा ।।
म नै हुँ त्यो खाट जस्मा रात तिम्रो काटिने छ ।
हलो, दराज इत्यादि सबै झुपडीहरुको झ्याल ढोका छ ।।
अडिएको छ तिम्रो मञ्जिल धरहराको ढाँचामा छ ।
मेरै छातीमा अडिएको तिम्रो मन्दिर मस्जिद चर्च गुम्बाको दिवाल छ ।।
हुँ वसन्तको फुल, मबाटै बन्दछ शोभा घरको ।
हुँ सुहागको फुल, मबाटै मगमगाउँछ वनको ।।
बाल अवस्थादेखि मृत्युसम्म म नै हुँ साथ दिने ।
वातावरण निर्मल, स्वच्छ बनाई, हरियाली दृश्य दिने ।।
निष्काम भाव, हित तिम्रो, दुःखलाई सहन्छु ।
उपयोगिता बुझी प्रयोग गर्न तिमीलाई कहन्छु ।।
त्यसैले वन्दना गर्दछु हुर्किन मलाई दिनु ।
आफ्नै अंग सम्झेर मेरो रक्षा गरिरहनु ।।
संरक्षक
बसाहा बर्डा गौ सेवा आश्रम, बर्दिया