
हरि न्यौपाने
आकाशबाट पानी आउँछ भन्दा भन्दै पनि
गर्मीयाम सकियो भनेर जान्दा जान्दै पनि
यो मौसम मौनता भएर हरेक कुरा तताइरहेको
दिनमा त छदैछ, यहाँ त रातमा पनि सताइरहेको छ
हावा मौन छ न त पात हलिन्छ न त सितलता छ
यता हे¥यो उता हे¥यो सब मौनता छ
दिनप्रतिदिन यो गर्मी बढ्दै छ हेर
छहारीमा जाँदा पनि हावा तातो छ हेर
पहिले झै दशैँमा पानी नपर्ला भन्न सकिन्न
अहिले चाहिएको बेला हेर त वर्षा हँुदैन
सायद वायु अनि इन्द्रदेव पनि मौन छैन होला
सधै यस्तै भई रह्यो भने, के मानवको अस्तित्व रहला ?