
श्रीराम दहित
म भनेको आध्यात्मिक जीवन रहेछ जीवन बुझ्न सकिएनछ
आत्मीक जीवन बुझ्न खारिनु पर्ने व्यर्थ समय सकिएछ
म मेरो भन्दै सधैं व्यक्तिगत स्वार्थ पुर्तिमा दौडिएँ
नीति विधिशास्त्र वेद विपरीत सधैं दृष्टि बिहिन झैँ कुल्चिएँ
उनको उद्देश्य मेरो जस्तै त्यसैले गुरू बनाएँ
जीवनको उत्तरार्धमा समय छैन उद्देश्य बाँकी पछुताएँ
जीवन यात्रा भवसागर रहेछ डुबुल्की लगाउन सकिएन
‘म’ बुझ्न अहंकार आलस्य घमण्ड जति त्याग्न सकिएन
खहरे जस्तै एकछिन मै आउँदा जाँदा नदि बुझिएन
नदी जस्तै छलाङ मार्न एक वर्षसम्म कुर्न सकिएन
मृगतृष्णा जस्तै ‘म’ तृप्ति नहुने यात्रामा सधैं लागेँ
प्राणी मात्रको स्वार्थ पूरा गराउन सधैं म भागेँ
सन्त महापुरूष ज्ञानीहरूसँगको सहयात्रा कहिल्यै महत्व दिइन
भौतिकवाद मात्र जीवन सम्झिदा आध्यात्मिक सार पाइन
म मेरो विकल्प कसैलाई देखिन त्यसैले पतन हुँदैछ
संकल्पित बनौं अब एकाग्रतापूर्वक सावधानी हुनेछ
विनम्रताले दिव्य बनाउने छ जीवनलाई सार्थक बनाउने छु
प्राणी हितमा जति कथा हुन्छन् ति व्यवहारिक बनाउने छु