Tuesday, May 20, 2025

नारी

- Advertisement -spot_img


श्रीराम दहित


भुलेर नगरौं कहिल्यै पनि नारी शक्तिको अपमान
नारी जीवनदाता सबैको सधैं साथमा अनि वरदान

जननी बनेर जन्मदिने धर्मपत्नीको रूपमा सहकार्य अनि सन्तान
जीवनभर स्नेह प्रेम छाया दिने नारी शक्ति हुन् वृक्ष समान

नारी शक्ति अदभूत कोमल निर्मल अनि पुष्प समान
परिस्थिति अनुसार थाम्न सक्ने बम बारूद हतियार कमान

नारी जति शक्तिशाली छिन् त्यति धेरै सहनशील
सुख सुविधा मनोरञ्जन त्याग अनि त्यति नै धेरै सुशील

सनातन संस्कृति नारी शक्ति हुन् परिवार राष्ट्र निर्माता
काली दुर्गा लक्ष्मी सरस्वती स्वरूप हुन् सृष्टिको वरदाता

नारी शक्ति शरीर मात्र होइनन् दुर्गा अनि इन्द्रायणी
कर्ममा उत्कृष्टता संसार सुधार्ने साधुवाद हामी ऋणी

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here