Thursday, February 13, 2025
Homebreaking-newsसधैं मल अभाव

सधैं मल अभाव

- Advertisement -spot_img


जीतसागर जी.एम.


मनसुन सक्रिय भएसँगै किसान खेतीपातीमा व्यस्त भएका छन् । सरकारले मलको अभाव छैन भनेर दावी गरिरहेको छ । किसानले भने यसवर्ष पनि खेतीपातीको समयमा मलको समस्या भोगिरहेका छन् । मलको सहज व्यवस्थापन नहुँदा किसानले भनेजति उत्पादन पाउन सकिरहेका छैनन् । यसवर्ष पनि मलको अभाव कायमै रहेको छ । मलको अभाव जहिले पनि किन उस्तै ? यसले कृषि उत्पादनमा कस्तो असर पार्छ ? लगायतका विषयमा प्रदेश टुडे दैनिकको नियमित स्तम्भ टुडे राउण्ड टेबलमा सरोकारवालाई समेटेका छौं । – सम्पादक


गतवर्षभन्दा पाँच गुणा बढी मल

साउनको पहिलो साताभित्र मल ल्याउँदै छौँ । अहिलेसम्म पनि विभिन्न चरणमा गरेर मल वितरण गरिसकेका छौँ । हामीले ३० प्रतिशत मात्रै बिक्री गर्ने अधिकार छ भने तुलसीपुरले २६ प्रतिशत मल पाइरहेको छ । मल ल्याउन ढुवानीमा पनि समस्या छ । भनेको समयमा मल किसानले नपाउँदा हामी पनि दुखित छौँ । भारतबाट मल ल्याउनुपर्छ । कम्तिमा पनि एक साताभन्दा बढी लाग्ने गरेको छ । कोलकत्तामा मल आयो, रेल आउँदैन । सीमानामा मल आयो, तर ट्रक पाउँदैन् ।

यस्तै कारणले पनि सहकारीलाई सहजरूपमा दिन सकेका छैनौँ । सहकारीले मल नपाएपछि किसानले पाउने कुरा पनि भएन् । गतवर्षको तुलना गर्ने हो भने करिब पाँच गुणा बढी मल आएको छ । साल्ट्र टे«डिङले मलको बिक्री गर्न थालेको १० वर्ष जति भयो । चार जिल्लाको एउटै गोदाम छ घोराहीमा । हामीले दशवटै पालिकाका सहकारीलाई एकैपटक मल बिक्री गरेका छौँ । कतिपयले ढिलो पाउनुभयो होला तर सबैलाई दिएका छौँ ।

हामीले किसानलाई भनेजति मल बिक्री गर्न सकेका छैनौँ । किसानलाई जतिसक्दो सहजरूपमा मल बिक्री गर्ने कुरामा गम्भीर छौँ । कोसिस पनि गरिरहेका छौँ । असार मसान्तसम्म सकेसम्म धेरै किसानलाई मल वितरण गर्ने योजना थियो तर त्यो पूरा हुन सकेन । कृषिको उर्वरभूमि दाङमा रासायनिक मलको प्रयोग हुने भनेको सबैभन्दा धेरै धानमा हो । जिल्लामा रासायनिक मलको आपूर्ति सहजरूपमा हुन नसकिरहेको अवस्था यथार्थ हो ।

तर गतवर्षको रूपमा यसवर्ष केहीमात्रामा अलिकति सहज छ । बजारमा मलको अभाव छ भन्ने समाचारकै कारण पनि धेरै किसानले दुई÷तीन बालीको लागि मल सञ्चित गर्दा पनि मलको अभाव हुन थालेको हो । गतवर्षको तुलनामा यसवर्ष मल अहिलेको समयमा बढी वितरण भइसकेको छ । किसानहरूले अरू मलको तुलनामा युरिया मलको बढी प्रयोग गर्नुहुन्छ ।
मलको अभावले कृषि उत्पादनमा असर त नपर्ने कुरा भएन ।

किसानले सहजरूपमा मल पाउन नसकेपनि अधिकांश किसानले थोरै भएपनि आफूलाई आवश्यक पर्ने मल पाउनुभएको छ । सहजरूपमा मलको आपूर्ति गराउनु सरकारको कर्तव्य हो । सरकारले अहिले पनि कोसिस गरिरहेको छ । कृषिबाटै आर्थिक वृद्धि लक्ष्य हासिल गर्नका लागि सरकारले समयमै मलको आपूर्ति गर्न आवश्यक हुन्छ । सकेसम्म यस्ता कुरालाई पाठ सिक्दै किसानको माग बमोजिम मलको आपूर्तिलाई सहज बनाउने कुरामा हामी गम्भीर छौँ ।


यसवर्ष केही सहज छ

रासायनिक मलको अभाव बर्सेनि हुने गरेको छ । यसवर्ष पनि किसानको मागबमोजिम मलको आपूर्तिलाई सहज बनाउन सकिरहेका छैनौँ । विषेशगरी असार लागिसकेपछि कृषि सामग्री कम्पनी लिमिटेड तुलसीपुरको कार्यालयमा किसानको चाप बढ्ने गर्छ । माग धेरै आउने तर मलको आपूर्ति कम हुने गरेको छ । तर बिगतको वर्षको तुलनामा यसवर्ष बढी आपूर्ति भएको छ । किसानले सहजरूपमा मल पाऊन भन्ने उद्देश्यका साथ हामी निरन्तर लागिरहेका छौँ । जेठसम्म मलको त्यतिधेरै अभाव देखिएको थिएन् त असार लागेपछि युरिया मलको अभाव बढी देखिएको छ ।

तर गतवर्षको तुलनामा यसवर्ष बढी वितरण गरेका छौँ । यसवर्ष खेतीपाती गर्नेको संख्या पनि बढेको कारण पनि हुनसक्छ । त्यसकारण पनि हामीले अहिलेको समयसम्म आइपुग्दा मल बढी नै वितरण भएको छ । दाङमा हामीले मात्रै मल बिक्री गर्दैनौँ, साल्ट ट्रेडिङले पनि मल वितरण गर्ने गरेको छ । हाम्रै शाखाहरू प्नि तीन÷चार ठाउँमा छन् । तुलसीपुर शाखाले पश्चिम क्षेत्रका चार पालिकामा मल वितरण गर्ने गरेको छ । जसअन्तर्गत विभिन्न सहकारीले मल लैजाने गरेका छन् । तुलसीपुर उपमहानगरपालिकासहित दंगीशरण, शान्तिनगर, बबई गाउँपालिकामा मल वितरण गर्न पाउने कार्यक्षेत्र रहेको छ ।

तपाईले भनेजस्तै हाहाकार नै त हैन् तर किसानले भनेजति मल पाउन सकिरहनुभएको छैन् । सकेसम्म गतवर्षको भन्दा यसवर्षमा मलको आपूर्ति केही सहज छ । यसवर्ष बढी मल वितरण भएको छ तर यसैमा सन्तुष्ट हुने अवस्था भने होइन् । बर्सेनि मलको अभाव किन भइरहन्छ भन्ने आम प्रश्न छ । किसानलाई आवश्यक मल अर्थात् माग भएजति सहि तथ्यांक जान नसकेर अभाव भइरहन्छ कि भन्ने तपाईको प्रश्नलाई म प्रष्ट पार्न चाहन्छु भने कुरा त्यसो होइन् ।

सरकारले कृषिमा पर्याप्तरूपमा रकम विनियोजन गर्न नसक्दा पनि यस्तो समस्या देखिएको छ । सरकारले खरिद गरेको मल विभिन्न विभिन्न ठाउँमा रोकिएर बसेको छ । त्यो मल आउन सकेपनि धेरै सहज हुने थियो हो । अहिले तत्कालको अवस्थामा युरिया मलको आपूर्ति सहज गराउनका लागि पनि भैरहवा शाखासँग समन्वय भइरहेको छ । मल साल्ट ट्रेडिङ कार्यालयले पनि करिब ३० प्रतिशत मल ल्याइरहनुभएको छ । अभावलाई सहज बनाउने कोसिस गरिरहेका छौँ ।


क्षेत्रफलको आधारमा मल वितरण हुनुपर्छ

हामीले विगत तीन वर्षदेखि रासायनिक मल वितरण गरिरहेका छौँ । तर अहिलेसम्म पनि किसानले सहजरूपमा मल पाउन सकिरहेका छैनन् । सधैँ थोरै मात्रामा किसानले मल पाउने गरेका छन् । हामीलाई वर्षाको सिजनमा कम्तिमा पनि एक हजार बोरा युरिया मल आवश्यक हुन्छ । तर तीन सय बोरामात्रै मल आपूर्ति हुने गरेको छ । डिएपी मल एक हजार बोरा आवश्यक हुन्छ । तर चार सय बोरा मल आपूर्ति हुने गरेको छ ।

गणेशपुर, श्रीगैँ, तमाखे, मोतिपुर, उपल्लो राजपुरलगायतका ठाउँका किसानलाई मल वितरण गरिरहेका छौँ । सहकारी संस्था र कृषकहरूको सम्बन्ध प्रत्यक्षरूपमा जोडिएको छ । त्यसकारण किसानलाई रासायनिक मल वितरण गर्नका लागि राज्यले सहकारीलाई रोजेको छ । त्यो चाहिँ सकारात्मक कुरा हो तर किसानलाई आवश्यक पर्ने रासायनिक मल राज्यले उपलब्ध गराउन सकेको छैन् ।

अनि सरकारले सहकारी संस्थालाई जुन कार्यालयमार्फत रासायनिक मल उपलब्ध गराउने गरेको छ, त्यो सही छैन् । सहकारीलाई समग्ररूपमा दामाशाही हिसावले मल वितरण गर्ने गरिएको छ । तुलसीपुर–७ को कुरा गर्दाखेरी खोलापारी चारवटा सहकारी छन्, तर क्षेत्रफल थोरै छन् । खोलावारी हामीहरू मात्रै हो, तर क्षेत्रफल धेरै छ । यसकारण पनि हामीलाई मल पु¥याउन हम्मेहम्मे परिरहेको छ ।

किसानलाई खेतीपातीको चटारोसँगै मलको आवश्यकता टड्कारो रूपमा खटिएको समयमा सहकारी संस्थाहरूले किसानलाई मलको आपूर्ति सहज गराउन नसकिएको अवस्था छ । माग एक सयजना किसानको माग आउँछ तर १० बोरा मल आइदिन्छ हामीले पनि कसलाई दिने ? कसलाई दिने ? तर पालो अनुसार नै उपलब्ध गराएका छौँ ।

माग अनुसारको मल आपूर्ति गराउन नसक्दा हामीलाई पनि दुःख लागेको छ । आर्थिक विकासको प्रमुख मेरूदण्ड मानिएको कृषि हो तर यसको उत्पादनका लागि आवश्यक मलको आपूर्ति सहज हुन नसक्दा किसानहरू चिन्तित हुने गरेका छन् । मलका लागि सहकारीमा दैनिकरूपमा एक सयजना भन्दा बढीको फोन आउने गरेको छ तर मल कम हुँदा सबैलाई पु¥याउन सकिएको छैन् । मलको माग बढी हुने तथा आपूर्ति कम हुँदा किसानहरू हामीसँग पनि विभिन्न गुनासो राख्ने गर्नुहुन्छ । किसानलाई सम्झाउन पनि हम्मे–हम्मे पर्ने गरेको छ ।

नेपालको समृद्धिका लागि सरकार कृषि क्षेत्रमा जति गम्भीर हुनुपर्ने त्यति गम्भीर नभएको जस्तो पनि भएको छ । किसानले समयमै मल पाउन सकिरहेका छैनन् । उत्पादित कृषि उत्पादनले बजार पाउन सक्दैन् । अहिले विषेशगरी यो समयमा मलको अभाव देखिएको छ । यस्तो समस्या किसानले वर्षौँदेखि झेल्दै आएका छन् । हामीले किसानलाई सहकारी संस्थामार्फत मल वितरण गरिरहदा मलको माग कति छ भन्ने हामीलाई अनुभूति भएको छ । सरकारले यस्ता कुरामा अलि बढी गम्भीर हुनुपर्छ ।

समयमै मलको आपूर्तिलाई सहज गराएर कृषि उत्पादन बढाउनका लागि तीन तहका सरकार गम्भीर हुनुपर्छ । सरकारले कृषि उत्पादन बढाउने कुरामात्र गर्ने तर मल जस्ता सामान्य कुरामा गम्भीर हुन नसक्दा उत्पादकत्व बढाउन सकेको छैन् । अहिले रोकिएको मल जतिसक्दो चाँडो किसानलाई उपलब्ध गराउन सकियो भने पनि पक्कै उत्पादकत्व बढ्ने छ । अहिलेको आवश्यकतालाई मध्यनजर गरी अर्को वर्ष यसभन्दा बढी माग गरी मलको सहज आपूर्ति गर्नुपर्छ । होइन भने कृषिबाट समृद्धि ल्याउने कुरा सपनाजस्तै हुनेछ । नेतृत्वले यस विषयमा गम्भीर भएर सोच्नुपर्छ । किसानलाई आवश्यक मलमात्र नभई हरेक वस्तुको सहज व्यवस्थापनमा सरकारको ध्यान जानुपर्छ ।


मल अभावमा सधैँ छटपटाउनुपर्छ

किसानले मल पाउन नसकेको समस्या वषौँदेखिको हो । केही पहुँचवाला किसानले मल पाएपनि पहुँच नहुने किसानले अहिले पनि मल पाउन सकिरहेका छैनन् । सहकारी संस्थामार्फत मल वितरण भइरहेको छ, त्यहाँ पनि राजनीतिकरण भएको देखिन्छ । किसानको समस्यालाई सरकारले कहिल्यै पनि गम्भीररूपमा लिन सकेन् । कृषिबाट समृद्धि ल्याउने कुरा भाषणमै सीमित रहेका छन् । किसानले भनेको समयमा मल पाउँदैन्, कृषि उत्पादनले बजार पाउन सकेका छैनन् ।

अनुदान लिन पनि पहुँच चाहिन्छ । वास्तविक किसानलाई सरकारी अनुदान ‘लंकामा सुन छ, कान मेरो बुच्चै’ भनेको झैँ भएको छ । समस्यासँग पैठेजोरी खेल्दै किसानले आफूले सकेजति उत्पादन बढाउने कोसिस गरेका छन् । किसानले यसवर्ष पनि मलको अभाव झेलिरहेको अवस्था छ । अनुदानको मल वितरण गर्ने सहकारीमा अहिले कतै पनि मल पाउँदैन् । मलको आपूर्ति गर्ने निकाय भने मलको खासै अभाव नभएको बताउने गरेको छ ।

किसानले समयमा मल पाउन नसकेपछि उत्पादनमा बढ्ने पनि कुरा भएन । अहिलेको समयमा झन् उत्पादन बढाउनुपर्ने अवस्थामा झन् मलको अभावका कारण उत्पादन घट्ने देखिन्छ । समयमै मल उपलब्ध गराउन सरकार गम्भीर बन्नुपर्छ । चिनेजानेको र सोर्सफोर्सको भरमा वितरण गरिने प्रणालीलाई अन्त्य गरिनुपर्छ । मैले पनि मल पाउनका लागि निकै मेहनत गर्नुप¥यो । भनेजति नपाएपनि केही मल बल्ल–बल्ल पाएँ । अुनदानका मल कहाँ आउँछ, कहिले आउँछ, हामीहरूलाई पत्तो नै हुँदैन् । त्यसकारण वितरण प्रणालीमा पनि पारदर्शिता ल्याउन आवश्यक देखिन्छ । यसमा सम्बन्धित निकायको ध्यान बेलैमा जावस ।

सहकारी सबैमा त्यस्तै नभए पनि केही सहकारीमा निश्चित आफ्ना व्यक्तिलाई मात्र मल दिएको पाईन्छ यस्ता कुरामा सरकारको ध्यान पुगोस् । किसानलाई कृषि पेशामा निराश बनाउने होइन् बरू प्रोत्साहनका कार्यक्रम ल्याउन सरकारको ध्यान जावस् । कृषिमार्फत समृद्धि खोज्ने सरकारको योजना सफल हुनका लागि यि र यस्ता सामान्य आधारभूत कुरामा ध्यान दिन जरूरी छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here