Thursday, April 17, 2025
Homeसाहित्यआशावादी

आशावादी

- Advertisement -spot_img


श्रीराम दहित


नयाँ किरण आकांक्षा कुण्ठित नहोस्, बनोस् बैकुण्ठ भाव
योजनाबद्ध गरिएको सहयात्रा युगौं युग रहोस् एकै भाव

नवयुग अनि हर्ष उल्लासको पालुवा पलाउनेछ मनमा
प्राणी हितमा प्रयोग हुने अमृततुल्य जडिबुटी छन् हाम्रा बनमा

अघि बढौं साझा संकल्प लिइ शान्ति पाउँदा हुनु पर्दैन निराशा
मनका दुर्भाव दम्भ घमण्ड हटाऔं पल्लवित हुनेछन् आशा

हृदय तनमन दुखोस् बिर्सिदिउँ दुखाइ यसैमा छ जीवन
जीवन सार्थक देखियोस् रचनात्मक कर्मले छलाङ हुने जीवन

सिर्जना फुटाउन मनको उर्जा प्रयोग गरौँ सफलताको शिखर चुम्न
वर्ग वर्ण समुदाय लिङ्ग अनि जातको भेदभाव नगरी सबै मिलि रम्न

सांस्कृतिक बन्धनमा बाँधिएका हामी स्नेह सहकार्यको बग्ने छ धारा
अस्थित्व स्थापित हुनेछ, अविश्वास रोग भोक शोक हट्ने छ सारा

युद्ध अब हुने छैन यहाँ, हुने छैनन् बस्ती गाउँ शहर खण्डहर
भाइचारा भातृत्व विस्तार हुनेछ, सबैमा मानवता जागरण रहर

सूर्यको सुनौलो किरण सबैको आँगनमा अनि चन्द्रप्रकाश झुल्किने छ
ब्रह्ममुहुर्तको उर्जाले जागरण ल्याए झैँ प्राणीमा वशन्त बहार छाउनेछ

नयाँ उत्साह सकारात्मक आशावादी उन्मुख हुनुपर्छ जीवन
माकुराको जालो झैँ जेलिएको असहजतामा अघि बढ्नुपर्छ जीवन

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here