
हरि न्यौपाने
एउटाको सफलतालाई देखेर त्यही पथलाई पच्छाउनेहरु
ठेला न टुपोको ज्ञान बोकी
अन्धभक्त भई अरुको जीवनको राजलाई चोरी
त्यही राजलाई पच्छ्याउनेहरू !
म बिचरा आफ्नै दृष्टिकोणले सुस्त सुस्त हिड्दा
अरुले अरुको बगैँचाको ज्ञान चोर्न खोजेको देख्दा
अचम्म लागेर आउँछ उनी धेरै टाढा पुगे, म देख्न सकिन
म त्यहीको त्यही छु, किनकी म चोर बन्न सकिन !
आजकाल त मोही जग्गामा दाउ हेर्दै छ रे उ
सुस्त सुस्त आफ्नो सिमाना बढाउँदै छ रे उ
१० वर्ष पहिलेको एउटाको कुलो अहिले अर्काको भइसकेछ
पत्तै पाइन उसले त हाम्रो छोरी पनि लगिसके छ ।
म माथि कुनामा बसेर तमासा हेरिरहे,
गर्न भने केही सक्दिन
म शान्ति प्राप्तिको खोजी गर्नेछ मान्छे भएर होला
म चोर कहिल्यै बन्न सकिन् ।
सँगै पढेको, हुर्केको साथी अहिले राजनीतिमा लाएर
अर्थहरू चोरी परिवारलाई करोडपति बनाएर
म त्यो कालो बाटो रोज्न कहिल्यै जानिन,
म जे छु, ठिक रहेछु किनकी म चोर बन्न सकिन ।