श्रीराम दहित
स्वर्गसरी सुन्दर सनातन संस्कार घरघरमा थियोे ।
रगतको नाताभन्दा भावनाको नाता सबैमा कहाँ गयो ?
भौतिक विषय कति मिल्यो अझै नैतिक मिलाउन बाँकी होला ।
हिसाब किताब मिलाउँदै गर्दा मात्र जीवन जाने भो खोला ।
शक्तिमा पुग्छन् शासक प्रशासक पोको पार्छन् धन ।
निरिह निमुखा जनताको अवस्था देख्दा दुख्छ हाम्रो मन ।
सनातन हौं ऋषि सन्तान भन्छौं आफूलाई जीवनशैली अर्को ।
वैज्ञानिक तथ्यमा आधारित संस्कार पालना गर्न भन्दा मान्छौं झर्को ।
सर्वसुलभ वैदिक ज्ञान देशभित्र बाहिर सर्वत्र छ हाम्रो ।
लाखौं खर्चि प्रमाणपत्र लिन्छौं पश्चिमा, संस्कृति सकिन्छ हाम्रो ।
पुरूष जति अधिकांशको कानमा हुन्छ झुम्का संस्कृतिमा विकृति ।
स्त्री जति कपाल छोटा हुने संस्कृतिमा भित्रियो विकृति ।
खुसी हुँदै जिउने प्रसस्तै आधार देशको काखमा थियो ।
हुँदा खाँदाको खुसीको शुत्र, निराशा विकृतिले लियो ।
देख्दादेख्दै फिका भयो, स्वर्गसरी जन्मभूमि हाम्रो थियो ।
सोह्रै संस्कार सुनौलो वर्तमान अनि भविस्य जन्मभूमि मै थियो ।