Wednesday, May 1, 2024
Homeमुख्य खबरसकियो प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव

सकियो प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव

- Advertisement -spot_img


दाङ, ५ असार ।
असार १ गतेदेखि दाङको घोराहीमा सुरू भएको प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव सकिएको छ । चलचित्र विकास बोर्डको आयोजनामा नेपालमा पहिलो पटक सुरू भएको बाल चलचित्र महोत्सव आइतबार सम्पन्न भएको हो । महोत्सवको समापनमा बोल्दै पूर्वसभामुख कृष्णबहादुर महराले महोत्सवले बालबालिका तथा किशोरकिशोरीमा चलचित्रसम्बन्धी साक्षरता बढाउन भूमिका खेल्ने बताए । उनले महोत्सवले बालबालिकामा फिल्म क्षेत्रप्रति अभिरूची बढाउने भूमिका खेल्ने बताए ।

बालबालिका तथा किशोर–किशोरीहरूलाई आफ्नो कथा भन्ने र हेर्ने वातावरण तयार गर्ने, उनीहरू माझ चलचित्रको माध्यमबाट शिक्षा र संस्कृतिलाई अघि बढाउने तथा हरेक बालबालिकाको मनोरञ्जनको अधिकारको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले गरिएको महोत्सव गरेको हो । असार १ गतेदेखि सुरू भएको महोत्सव तीन दिनसम्म चलेको थियो ।

महोत्सवमा बालबालिका सम्बन्धी बनेका तथा ऐतिहासिक नेपाली फिल्महरू प्रदर्शनी गरिएको थियो । बालबालिकासम्बन्धी बनेका ‘ऐना झ्यालको पुतली, टिचर, छायाँ र ऐतिहासिक फिल्म आमा, कुमारी र ‘के घर के डेरा’ प्रदर्शन गरिएको हो । महोत्सवमा बालबालिका र फिल्मसम्बन्धी पुस्तक तथा फोटो प्रदर्शनीसमेत राखिएका थिए । महोत्सवमा करिब तीन हजार बढी बालबालिका सहभागी भएको बोर्डका प्रवक्ता केएल बुढाथोकीले बताए ।

महोत्सवको नायक एवं बोर्डका अध्यक्ष भुवन केसीले बालबालिकासँग अन्तरक्रिया पनि गरे । बालबालिकासँग भुवन केसी नाम उक्त अन्तरक्रियामा नायक केसीले आफ्नो सिने यात्रा र नेपाली चलचित्रबारे कुराकानी गरे । बोर्डका अध्यक्षसमेत रहेका नायक केसीले बालबालिकासँग फिल्म क्षेत्रप्रति उनीहरूको बुझाइ, सिकाइबारे पनि संवाद गरे । बालबालिकाले नायक केसीसँग सिनेमा क्षेत्रसँग सम्बन्धित आफ्नो जिज्ञासाहरू राखे । जसमा नायक केसीले बालबालिकाको जिज्ञासा मेट्दै बालबालिकालाई आफ्नो रूचीको क्षेत्र काम गर्न हौसला दिए ।

फिल्म प्रदर्शनी
महोत्सवमा फिल्महरू प्रदर्शनीसमेत प्रदर्शनी गरिएको थियो । बालबालिकासम्बन्धी बनेका तथा ऐतिहासिक चलचित्रहरू प्रदर्शनी गरिएको हो । महोत्सवमा ‘ऐना झ्यालको पुतली, टिचर, छायाँ, ऐतिहासिक चलचित्र आमा, कुमारी र के घर के डेरा प्रदर्शन गरिएको हो । महोत्सवमा करिब तीन हजार बढी बालबालिकाले सहभागी भएको बोर्डका प्रवक्ता केएल बुढाथोकीले बताए ।

महोत्सवमा बालबालिका र फिल्मसम्बन्धी पुस्तक तथा फोटो प्रदर्शनीसमेत राखिएका थिए । महोत्सवमा स्थानीय कला, संस्कृति झल्काउने सांस्कृतिक प्रस्तुति देखाइएको थियो । महोत्सवमा करिब तीन हजार बढी बालबालिकाले सहभागी भएको बोर्डका प्रवक्ता केएल बुढाथोकीले बताए ।

बाल महोत्सवले सिनेमा संस्कृति प्रवद्र्धन गर्न भूमिका खेलेको बोर्डका प्रवक्ता एवं महोत्सवका संयोजक बुढाथोकीले बताए । उनले महोत्सवले बालबालिकामा सिनेमा सम्बन्धी साक्षरता र ज्ञान बढाएको बताए । ‘विदेशी फिल्महरूको प्रभाव परिरहेको बेला बालबालिकाहरूमा नेपाली फिल्मप्रति आकर्षण बढाउन पनि महोत्सवले भूमिका रह्यो’ उनले भने ।

बोर्डका अध्यक्ष भुवन केसीले बाल महोत्सवहरूले बालबालिका सम्बन्धी फिल्म साक्षरता, चलचित्रसम्बन्धी ज्ञान र चेतना बढाउने भन्दै बोर्डले बाल महोत्सवहरू जारी राख्ने बताए । ‘नेपालमा पनि बाल महोत्सवहरू गराइनुपर्छ’ उनले भनिन्, ‘बालबालिकाले चलचित्र हेर्न र आफ्नो कथा भन्ने वातावरण तयार गर्न बोर्ड लाग्नेछ ।’

महोत्सवअन्तर्गत भएको चलचित्र नृत्य प्रतियोगितामा गोदावरी इङ्लिस मिडियम स्कुल प्रथम, गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल द्वितीय र राजविद्या पाठशाला तृतीय भएका छन् । त्यस्तै मेचीकाली सेकेन्डरी स्कुल, ग्लोबल एकेडेमी र मदन भण्डारी मेमोरियल स्कुलले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्नेलाई रू २० हजार र प्रमाणपत्र, द्वितीय स्थान प्राप्त गर्नेलाई रू १५ हजार र प्रमाणपत्र तथा तृतीय स्थान प्राप्त गर्नेलाई रू १० हजार र प्रमाणपत्र प्रदान गरिएको थियो । साथै सान्त्वना स्थान प्राप्त गर्नेलाई ५÷५ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यस्तै चलचित्र हाजिरी–जवाफमा मेचीकाली सेकेन्डरी स्कुल प्रथम, गोदावरी इङ्लिस मिडियम स्कुल द्वितीय र गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल तृतीय भएका थिए । साथै दीपशिखा मावि र पश्चिम दाङबाट प्रतिनिधित्व गरेको समूह सान्त्वना भएका थिए ।

प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्नेलाई २० हजार र प्रमाणपत्र, द्वितीय स्थान प्राप्त गर्नेलाई रू १५ हजार र प्रमाणपत्र तथा तृतीय स्थान प्राप्त गर्नेलाई रू १० हजार र प्रमाणपत्र प्रदान गरिएको थियो । साथै सान्त्वना स्थान प्राप्त गर्नेलाई ५÷५ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

चलचित्रकर्मीलाई सम्मान
लामो समयदेखि चलचित्र क्षेत्र तथा कला संस्कृतिको प्रवद्र्धनमा भूमिका खेल्ने पु¥याउने व्यक्तित्वलाई बोर्डले सम्मान गरेको छ । सम्मानित हुनेमा खड्ग बुढाथोकी, महेन्द्र बुढाथोकी, कमल गाउँले, चन्द्रप्रकाश चौधरी, जुनु मगर, छविलाल कोपिला, शक्तिराम डाँगी रहेका छन् । साथै दाङमा २०४३ सालमा राप्ती चलचित्र मन्दिर स्थापना गरेका स्व. गिरिराज पन्तलाई मरणोपरान्त सम्मान गरिएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here