Saturday, March 15, 2025
Homeसमाजप्रवण बने ‘परिवर्तन’ बाट उत्कृष्ट अभिनेता

प्रवण बने ‘परिवर्तन’ बाट उत्कृष्ट अभिनेता

- Advertisement -spot_img


दुख हरण यादव


काभ्रेको भकुन्डेबेसीमा सम्पन्न दोस्रो संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ मा उत्कृष्ट सर्ट फिल्मको विधामा लघु चलचित्र परिवर्तन (द चेन्ज)ले तीनवटा विधामा अवार्ड जित्यो । परिवर्तन (द चेन्ज) बाटै प्रवण भुसालले उत्कृष्ट सर्ट फिल्म अभिनेताको अवार्ड जिते ।

(द चेन्ज)बाट डब्बु क्षेत्रीले उत्कृष्ट निर्देशकको अवार्ड चुमे । चलचित्र परिवर्तन (द चेन्ज)बाटै सरीता भारतीले उत्कृष्ट अभिनेत्री सर्ट फिलम जुरी अवार्ड हासिल गरिन् ।

नेपाली चलचित्र क्षेत्रमा बिगत एक दशकदेखि आफ्नो स्थान बनाएका प्रवण भुसालको जन्म दाङको गढवामा भएको हो । नेपाली चलचित्र, एके–४७, लुकामारी, मन्दिरा, घनचक्कर लगायतका सफल चलचित्र अभिनेतालाई टेली चलचित्र, दृष्टी, बैकुन्थ यात्रा–२, राधाजस्ता सफल सिरियलमा अभिनय गरेका छन् ।

करिब दुई दर्जन म्युजिक भिडियो, दुई दर्जन राष्ट्रिय अन्तर्राष्ट्रिय ब्राण्डका कम्पनीको विज्ञापनमा समेत देख्न सकिन्छ । अहिलेको चर्चित नायक÷मोडेल प्रवण भुसालसँग गरिएको संक्षिप्त कुराकानीः–

हिजोआज के गर्दै हुनुहुन्छ ?
अहिले म केही विज्ञापन, म्युजिक भिडियो र टेली चलचित्रहरूको सुटिङमा नै व्यस्त छु, मेरो नयाँ चलचित्र चिठीको सम्पादनको काम भैरहेको छ र अब चाडै प्रदर्शनमा आउने तयारीमा छ ।

वेष्ट अभिनेताको अवार्ड पनि जित्न्नु भयो, कस्तो लागिरहेको छ ?
सबैभन्दा पहिला मैले यो चलचित्रसँग जोडिएका सम्पूर्ण टिमलाई धन्यवाद दिन्छु । मलाई यो कामको लागि योग्य सम्झेर अभिनेताको रोल दिनु भएकोमा । यस्तो अवार्डले काम गर्नको लागि धेरै नै हौसला दिन्छ । मैले योभन्दा पनि पहिला जति पानि काम गरे सबै सामाजिक विषय मै रहेर काम गरेको छु । यो भन्दा पहिला द दटर भन्ने छोटो फिल्म बाट पीम नेपाल फिल्म फेस्टिवल–२०२१ मा पनि मैले वेष्ट एक्टर अवार्ड जित्न सफल भएको थिए ।

कस्तो चलचित्र हो परिवर्तन ?
परिवर्तन एउटा सामजिक चलचित्र हो, यो चलचित्र पूर्णतया गाउँले परिवेशमा रहेको कथा हो । जुन अझै पनि हाम्रो समाजमा व्याप्त रूढीवादी, छुवाछुत प्रथामा आधारित २४ मिनेटको छोटो फिल्म हो । परिवर्तन हामीले आफ्नै परिवार, समाजबाट गर्नुपर्छ भन्ने सन्देशमूलक कथा छ ।

तपार्ई नायक कि खलनायक ?
मलाई सबैभन्दा धेरै सोधिने प्रश्न नै यही हो । म नायक खलनायकभन्दा पनि पहिला म एउटा कलाकार हो । मैले यो भन्दा पहिलेको फिल्ममा नेगेटिभ रोल गरेर मलाई वेष्ट नेगेटिभ एक्टरको अवार्ड पनि पाएको छु । त्यो फिल्ममा म खलनायक नै हो । कुनै फिल्ममा मैले पोजेटिभ रोल गरेको छु नायक । मेरो विचारमा क्यारेक्टर कस्तो भन्दा पनि मैले कत्तिको न्याय दिन सक्छु भन्ने हेर्दछु । मलाई चित्त बुझ्ने रोल आयो भने म नायक र खलनायक भनेर हेर्दिन जस्तोसुकै रोल पनि गर्छु । मलाई अलि फरक खाले रोल गर्न नै मन लाग्छ ।

दाङको मान्छे कसरी सुरू भयो रंगीन दुनियाको यात्रा ?
मेरो जन्म दाङको गढवामा भएको हो । १० सम्मको अध्ययन श्री जनाता मावि गढवा गरेर म राजधानी काठमाडौँमा अटो मोबाईल पढ्न हिडेको मान्छे कलकार भए । मेरो रंगीन दुनियाँको यात्रा मोडेलिङबाट सुरू भएको हो । मैले विभिन्न स्टेज सो गरे अनि म डान्स र एक्टिङ सिक्दै यो क्षेत्रमा आएको हो । मैले एक्टिङमा डिप्लोमा गरेपछि मेरो अभिनय यात्राले गति लिएको हो ।

सबैभन्दा पहिला मैले विशाल विष्टको निर्देशन एके ४७ बाट मेरो चलचित्र यात्रा सुरूभएको हो । त्यो भन्दा पहिला केही विज्ञापनमा काम गरेको थिए । एके ४७ मा अभिनय गरेपछि मैले निर्देशक श्रीराम दाहालले मलाई लुकामारी चलचित्रमा अनुबन्धित गर्नुभयो । अनि मन्दिरा, घनचक्कर हुँदै अहिलेसम्म यही क्षेत्रमै ब्यस्त भएको छु । मैले हालसम्म जति पनि काम गरेको छु हरेक काम गर्दै नयाँ कुरा सिकिरहेको छु

कलाकार बन्न खोज्नेलाई के सुझाव दिनुहुन्छ ?
कुनै पनि क्षेत्र सजिलो त छैन । तर सफल हुनको लागि असम्भव पनि छैन । अहिले नेपाली चलचित्र क्षेत्र पनि निकै माथि पुगेको छ र यस क्षेत्रमा भविष्य पनि छ । यदि तपाईं कोही यस क्षेत्रमा प्रवेश गर्दै हुनुहुन्छ भने चलचित्र पढेर आउनु होला नेपालमा पनि कलेजहरू छन् । पढेर आएमा लङरेशको घोडा बन्न सक्नुहुन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here