Friday, January 24, 2025
Homeसाहित्यजिन्दगी

जिन्दगी

- Advertisement -spot_img


श्रीराम दहित


जिन्दगी नाटक हो भन्छन् पात्र कलाकार हामी
आवश्यक पर्दा अभिनय गर्छौं प्रयोग हुने हामी

प्रेमिल संसारमा प्रेमगीत जस्तै प्रेम कहानी
अकस्मातको जिन्दगी हुन्छ कर्कलाको झैँ पानी

कसैलाई लाग्छ जिन्दगी यात्रा हो बटुवा हौं हामी
लक्ष्यअनुसार जो जहाँ पुग्छौं सफल असफल हुने हामी

संगीत हो भन्छन् जिन्दगी सरगम बन्नुपर्छ हामी
सुर–तालको सुन्दर संयोजनमा धुन बन्नुपर्छ हामी

जिन्दगी फूल हो भन्छन् सुगन्ध सुन्दर सधैं यसले दिने
कसैले देख्छ धुलो हो जिन्दगी दुर्गन्धित बनाइ दिने

दिन अनि रात झैँ सुखदुःख जिन्दगीको अनुभूति हुन्छ
सफलमा हास्ने कर्मफलअनुसार असफल हुँदा जिन्दगी रून्छ

जिन्दगी के हो त ? रणभूलमा पर्ने पार्ने गर्छौं हामी
जिन्दगी एक चक्रव्युह हो पात्र जस्तै अभिमन्यु हामी

अनौठो लाग्छ शताब्दी बित्यो बुझ्न सकिएन जिन्दगी
ज्ञानी भन्ने गर्छन् सदुपयोग गरौं अवसर हो जिन्दगी

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here