Thursday, July 18, 2024
Homebreaking-newsसुविधा माग गर्दै विद्यालय कर्मचारी धर्नामा

सुविधा माग गर्दै विद्यालय कर्मचारी धर्नामा

- Advertisement -spot_img


हिमाल शर्मा
सल्यान, २१ जेठ ।
सल्यानका सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । सरकारले हाल उपलब्ध गराउदैँ आएको सेवासुविधा बृद्धिको माग गर्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले धर्ना सुरू गरेको हो । वि.सं २०७९ साल भदौमा संघीय सरकारसँग विद्यालय कर्मचारीको सेवासुविधा बढाउने सम्बन्धमा भएको लिखित सम्झौताको सरकारले पालना नगरेको भन्दै उनीहरूले धर्ना सुरू गरेका हुन् ।

राष्ट्रिय कार्यक्रमअन्तर्गत आइतबार शिक्षा विकास तथा समन्वय इकाई सल्यानको परिसरमा विद्यालय कर्मचारीले धर्ना दिएका हुन् । विद्यालय कर्मचारीको तलव बढाउने सम्बन्धमा भदौमा सम्झौता हुँदा आगामी आर्थिक वर्षको बजेटमा सम्बोधन गर्ने सहमति भएपनि हालै सार्वजनिक गरिएको बजेटमा तलब बृद्धि नभएको विद्यालय कर्मचारीहरूको भनाइ छ ।

अहिले लेखापालले मासिक १३ हजार ५ सय र कार्यालय सहयोगीले ७ हजार ५ सयमा काम गर्दै आएका छन् । न्यून पारिश्रमिकका कारण आधारभूत आवश्यकता नै पूरा गर्न समस्या भएकाले तलब बृद्धिको माग गर्दै धर्ना दिइएको नेपाल विद्यालय कर्मचारी परिषद् सल्यानका अध्यक्ष मदन बस्नेतले जानकारी दिए ।

सरकारले आफ्नो मागको बेवास्ता गरेकाले आइतबारदेखि २६ गतेसम्म शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना, जेठ २७ गतेदेखि असार १ गतेसम्म काठमाडौँमा अनसन बस्ने र माग सम्बोधन नभए त्यसपछि अनिश्चितकालिन विद्यालय बन्द गरिने उनको भनाइ छ ।

सल्यानमा करिब पाँच सय विद्यालय कर्मचारी रहेका छन् । धर्ना कार्यक्रममा परिषद्का केन्द्रीय उपाध्यक्ष रामप्रसाद कुमाई, केन्द्रीय सदस्य खड्क विक, जिल्ला कार्यसमितिका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here