Saturday, March 15, 2025
Homebreaking-newsकिसानले मल पाउने सहज बाटो खोज्छौंः मुख्यमन्त्री चौधरी

किसानले मल पाउने सहज बाटो खोज्छौंः मुख्यमन्त्री चौधरी

- Advertisement -spot_img


दाङ, २१ जेठ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले किसानका लागि रासायनिक मल उपलब्ध गराउन सहजता खोज्नेतर्फ प्रदेश सरकार लागेको बताएका छन् । राज्यले सहज उपलब्ध गराउन नसके नाका क्षेत्रका प्रहरी प्रशासनसँग छलफल गरेर सहज वातावरण निर्माण गरिने बताए ।

नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ ले शनिबार दाङको तुलसीपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले यस्तो बताएका हुन् । उनले खेतपातीको समयमा किसानलाई मलको अभाव नहोस् भन्नका लागि लुम्बिनी प्रदेश सरकारले तयारी गरिरहेको बताए ।

आफूले केन्द्र सरकारलाई खेतीपातिको समयमा पर्याप्त मात्रामा मल उपलब्ध गराउन अनुरोध गरेको भन्दै मुख्यमन्त्री चौधरीले त्यसो हुन नसके प्रदेश सरकारले नै सुरक्षा निकायसँग छलफल गरी इण्डियाको नाका खोलेर जुन व्यापारीले मल ल्याउँछन् उनीहरूलाई नाकामा पक्राउ नगर्ने व्यवस्था मिलाइने बताएका थिए ।

किसानले खेतीपातीको समयमा मल नपाएर समस्या भोग्नु नपरोस् भन्नका लागि विकल्पको रूपमा लुम्बिनी सरकारले तयारी थाली सकेको उनले बताए । लुम्बिनीको विकासको लागि लुम्बिनी सर्किट बनाउनुपर्ने जोड दिए । लुम्बिनी प्रदेश सरकारको कुल बजेट ४१ अर्ब जति मात्रै हुने र त्यो बजेट एउटा जिल्लाको विकासका लागि पनि अपर्याप्त रहेको भन्दै उनले विभिन्न दाताहरूसँग हात बढाएको जानकारी दिए ।

लुम्बिनीको विकासको लागि ब्लड बैंक र राजधानीको विकासको लागि विश्व बैंकलाई आफूले आग्रह गरेको उनको भनाइ थियो । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताललाई दुई सय शै्ययाको बनाउने, दाङको टरिगाउँ एयरपोर्टको धावन मार्ग विस्तारका लागि छलफल गरिएको र यदि केन्द्र सरकारले बनाएन भनेपनि प्रदेश सरकारले स्वामित्व लिएर एयरपोर्ट विस्तार गर्ने मुख्यमन्त्री चौधरीले बताए ।

थारूहरूको धरोहर दंगीशरण थारू राजाको प्राचीन दरबार क्षेत्रको विकासका लागि सकारले एथेष्ट भूमिका खेल्ने बताए । पछाडि पारिएको समुदाय दलित समुदाय अन्तर्गत गाइन, बादी, थारू, मगर गुरूङका साथै महिलालाई आत्मनिर्भर बनाउन सीपमूलक तालिमहरूको व्यवस्था गरिने मुख्यमन्त्री चौधरीले बताए ।

बाजु बाजेको पालादेखि प्रयोगमा आएको दाङको कोइलाबास नाकाको विकासका लागि २६ करोडको टेण्डर आह्वान भइसकेको भन्दै मुख्यमन्त्री चौधरीले त्यसलाई व्यवस्थित गरेर लुम्बिनी प्रदेश राजधानीसँग जोडिने उनले भनाइ थियो ।

नाका खोलेर दाङको तुलसीपुरदेखि इण्डियाको तुलसीपुर बजारसँग प्रत्यक्ष जोड्ने गरी काम हुने मुख्यमन्त्री चौधरीले बताए । अहिले लुम्बिनी प्रदेश सरकारमा योजनाका चाङ रहेको भन्दै मुख्यमन्त्री चौधरीले एउटा टोलको बाटोको लागि समेत योजना लगेर प्रदेश सरकारमा पुगेको देखेर आश्चर्यमा परेको उनले बताए । त्यस्ता काम वडा तह र स्थानीय पालिकाबाट गराउन पनि उनले आग्रह गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले विगतमा आफूले जिल्लामा बाह्रै महिना सिचाइँ सुविधा पु¥याउने उद्देश्यका साथ बृहत् सिचाइँ परियोजना ल्याएको भन्दै अब पनि त्यसका लागि निरन्तर प्रयास जारी राख्ने बताएका थिए । उनले किसानले मल सहजरूपमा समयमै पाउनुपर्ने भन्दै टरिगाउँ एयरपोर्टको धावनमार्ग विस्तार, तुलसीपुर–घोराही चारलेन सडक विस्तारजस्ता कार्यहरू पूरा गर्नका लागि सबैले आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए ।

कार्यक्रम क्षेत्रीय सभापति जगत बहादुर खड्काको अध्यक्षतामा तथा केन्द्रीय सदस्य दिपक गिरीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here