Tuesday, June 11, 2024
Homebreaking-news१३ वर्षपछि संस्कृत विश्वविद्यालयमा दीक्षान्तको तयारी

१३ वर्षपछि संस्कृत विश्वविद्यालयमा दीक्षान्तको तयारी

- Advertisement -spot_img


दाङ, २१ जेठ ।
नेपाल संस्कृत विश्वविद्यालयको १३ वर्षमा दीक्षान्त हुन लागेको छ । १३ वर्षदेखि रोकिएको दीक्षान्त कार्यक्रम यस वर्ष हुन लागेको हो । जेठ ३१ गते विश्वविद्यालयले दीक्षान्त गर्ने भएको छ । नेपाल संस्कृत विश्वविद्यालयका उत्पादन अहिलेसम्म दीक्षित हुन सकेका थिएनन् ।

देशभर १४ वटा आंगिक क्याम्पस रहेको नेपाल संस्कृत विश्वविद्यालयबाट प्रत्येक वर्ष सात सयभन्दा बढी विद्यार्थीहरूले विभिन्न तह र संकायमा उत्तीर्ण गर्छन् । ती सबै विद्यार्थीहरूलाई हरेक वर्ष दीक्षान्त समारोह गरेर विश्वविद्यालयले मूल प्रमाणपत्र–सहित दीक्षित गर्नुपर्छ । तर नेपाल संस्कृत विश्वविद्यालयले एक दशकयता दीक्षान्त समारोह नै गर्न सकेको थिएन ।

२०५४ सालबाट दीक्षान्त समारोह आयोजना गर्दै आएको विश्वविद्यालयले २०६७ सालमा चौथो दीक्षान्त समारोह गरेको थियो । त्यसपछि अहिलेसम्म गर्न सकेको छ । बर्सेनि सयौं विद्यार्थी उत्तीर्ण गराउने विश्वविद्यालयले विभिन्न कारणले विद्यार्थी दीक्षित गर्न भने सकेको थिएनन् । नेपाल संस्कृत विश्वविद्यालयमा हुने राजनीतिक खिचातानीले विद्यार्थी दीक्षित गर्ने महत्वपूर्ण काममा विलम्व हुँदै आएको थियो ।

विश्वविद्यालयको नेतृत्व राजनीतिक नियुक्तिबाटै आउने भएकाले कहिले पदाधिकारी र कुलपति, सहकुलपति फरक–फरक विचारका आउने भएकाले समन्वय नहुने र दीक्षान्तका लागि चाहिने बजेटसमेत नपाउने अवस्थाले दीक्षान्त हुन नसकेको हो । त्यही मारमा विश्वविद्यालयका हजारौं विद्यार्थी परेका छन् । आजभन्दा १३ वर्ष अगाडिको दिक्षान्त कार्यक्रमको खर्च बजेट एउटा दीक्षान्त समारोहका लागि ३५ देखि ५० लाखसम्म खर्च हुने गरेको छ । धेरै वर्षदेखि हुन नसकेको दीक्षान्त कार्यक्रम यस वर्ष गर्दा बजेट पनि धेरै खर्च हुने अनुमान नेसंविले गरेको छ ।

हरेक सामानको मूल्य बढ्नु विदेशी पाहुनालाई व्यवस्थापन गर्नु दीक्षित विद्यार्थी धेरै हुनुलगायतका कारणले यस वर्षको दीक्षान्त कार्यक्रम करिव ७५ लाखको हाराहारीमा खर्च हुने अनुमान गरिएको नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव तथा रजिष्ट्रार माधव अधिकारीले जानकारी दिए ।

कुनै पनि विश्वविद्यालयको दीक्षान्त समारोह अभिभावक तथा विद्यार्थीहरूका लागि उत्सवजस्तै हो त्यसैले विश्वविद्यालयका धेरै उत्पादनहरूले मूल प्रमाणपत्र नपाउँदा सरकारी मानसम्मान तथा अवसरबाट बञ्चित हुनुका साथै वैदेशिक यात्रामा पनि समस्या परेको बताउँछन । तेस्रो दीक्षान्त समारोह २०५७ सालमा आयोजना गरेको विश्वविद्यालयले १० वर्षपछि २०६७ सालमा चौथो दीक्षान्त समारोह आयोजना गरेको थियो ।

नेसंविका उपकुलपति विदुर पौडेलको कार्यकालमा २०६७ मा दीक्षान्त समारोह भयो । त्यसपछि शिवहरि मरहट्ठा उपकुलपति भए । उनको कार्यकालमा २०७० सालमा एउटा विशेष दिक्षान्त समारोह भएको थियो सो दिक्षान्त सहमारोहमा डा. स्वामी प्रपन्नाचार्यलाई दीक्षित गरिएको थियो ।

त्यसपछि कुलप्रसाद कोइराला र यादवप्रकाश लामिछाने विश्वविद्यालयका उपकुलपति भइसके तर दीक्षान्त समारोह गर्नेबारे निश्चित हुन सकेको थिएन त्यस्तो अवस्थामा कुलपति तथा प्रधानमन्त्रीले यहि जेठ ३१ गते मिति तोके । त्यहि दिक्षान्त समारोहको ब्यापक तयारीमा नेपाल संस्कृत विश्वविद्यालय लागेको विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. भीमप्रसाद खतिवडाले जानकारी दिए ।

करिव पाँच हजार विद्यार्थी दीक्षित हुन बाँकी
२०६७ देखि २०७६ सम्मका करिव पाँच हजार विद्यार्थी दीक्षित हुन बाँकी छन् । विश्वविद्यालयको शास्त्री, एकवर्षे शिक्षाशास्त्री, आयुर्वेद स्नातक तह (विएएमएस), आचार्य र विद्यावारिधि गरेका ४ हजार ७ सय ७२ जना विद्यार्थी दीक्षित हुन बाँकी भएका हुन् ।

विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. भीमप्रसाद खतिवडाका अनुसार २०६७ सालदेखि २०७६ सम्म शास्त्री उत्तीर्ण १ हजार ७६, बिएड २ हजार ८ सय ४४, आचार्य ५ सय ४७, विद्यावारिधि १ सय ६५ जना र बिएएमएस १ सय ४० गरी जम्मा ४ हजार ७ सय ७२ जना विद्यार्थी दीक्षित हुन बाँकी रहेको शिक्षाध्यक्ष खतिवडाले जानकारी दिए । तर यस वर्ष दिक्षित हुनको लागि ४७७२ जनामा जम्मा ५३४ जनाले अनुमति लिएका छन् ।

जसमा शास्त्री उत्तीर्ण भएका १६३ जना, आचार्य उत्तीर्ण १४० जना, बिएड ८८ जना , विद्याबारीधि ११३ जना र बिएएमएस ३० जना गरी जम्मा ५३४ जना दीक्षित हुने भएका छन् । जेठ ३१ गते हुने दीक्षान्त कार्यक्रम प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा हुने तथा दीक्षित गर्ने कार्यक्रम तय भएको छ ।

उक्त कार्यक्रममा बनारसको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयका कुलपति÷ प्रोफेसर हरेराम त्रिपाठी, सहकुलपति शिक्षामन्त्री अशोक राईलगायतका अतिथिहरू उपस्थित हुने कार्यक्रम तय गरिएको छ ।

यो वर्ष आयुर्वेद स्नातक तह (विएएमएस)का विद्यार्थीहरूसमेत थपिएकाले ती विद्यार्थीहरूलाई विश्वविद्यालयमा दीक्षित गर्न कस्तो गाउनको व्यवस्था गर्ने भन्ने बारेमा विश्वविद्यालयले अझै नीति ल्याएको छैन । कुलसचिव अधिकारीका अनुसार विश्वविद्यालय सभाबाट गाउनमा के कस्तो साजसज्जा राख्ने भन्नेबारेमा थप छुट्टै निर्णय गर्नुपर्ने व्यवस्था छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here