- Advertisement -spot_img
Friday, September 29, 2023
Homeमुख्य खबरदृष्टिबिहीनलाई खाद्यान्न र आश्रममा वस्त्र

दृष्टिबिहीनलाई खाद्यान्न र आश्रममा वस्त्र

- Advertisement -spot_img


तुलसीपुर, २१ जेठ ।
मानवअधिकार तथा शान्ति समाजले २८औँ स्थापना दिवसको सन्दर्भमा दृष्टिबिहीन विद्यार्थी र मानव सेवा आश्रममा आश्रित महिलाहरूलाई वस्त्र सहयोग गरेको छ ।

दाङको तुलसीपुरस्थित दृष्टिबिहीन छात्रावासमा बस्दै आएका २१ जना विद्यार्थीहरूका लागि चामल, दाल, तेल, नुन, साबुन, सेम्फु लगायतका दैनिक उपभोग्य सामान गुरूजजुर नमुना मावि रक्षाचौरका शिक्षक एवं विद्यालयका फोकल पर्सन विष्णु प्रसाद न्यौपानेलाई शान्ति समाजका कार्यवाहक सभापति कोमल डिसीले हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा शान्ति समाजका केन्द्रीय सचिव निर्मल नेपाली, शाखाका सदस्य सन्दीपन रिजाल, शिक्षक विष्णुप्रसाद न्यौपानेले मन्तव्य व्यक्त गरेका थिए । उक्त छात्रवासमा २१ जना बालबालिका बस्दै आएका छन् भने दृष्टिबिहीन ३६ जना विद्यार्थी गुरूजजुर नमुना मावि रक्षाचौरमा अध्ययन गर्दै आएका छन् ।

स्थापना दिवसको सन्दर्भमा मानव सेवा आश्रम तुलसीपुरमा आक्षित १९ जना महिलाहरूलाई वस्त्र हस्तान्तरण गरिएको छ । समाजका कार्यबाहक सभापति कोमल डिसीले आश्रममा बस्दै आएका १९ जना महिलाहरूलाई साडी, धोती लगायतका वस्त्र प्रदान गरेका हुन् ।

सो अवसरमा मानवअधिकार तथा शान्ति समाजका निवर्तमान केन्द्रीय बरिष्ठ उपसभापति सुशील बस्नेत, केन्द्रीय सदस्य तुलसीराम सुनार, आश्रमका संयोजक हिरू जोशी लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव अमृत प्रसाद शर्माले गरेका थिए ।

शान्ति समाजले स्थापना दिवसको अवसरमा तुलसीपुर कारागार कार्यालयका कैदीहरूका लागि पुस्तक, रक्तदान, नदी सरसफाई, भ्रष्टाचारविरूद्ध विशेष अन्तरक्रिया, दृष्टिबिहीन विद्यार्थीलाई खाद्यान्न, आश्रममा आश्रित महिलाहरूका लागि वस्त्र वितरण गरेको छ । आइतबार दुव्र्यसनविरूद्ध स्कुल केन्द्रित कार्यक्रम र वृक्ष सरसफाई कार्यक्रम गर्ने सहसचिव माधव बस्नेतले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here