Monday, April 15, 2024
Homeमुख्य खबरप्रजिअलाई ज्ञापनपत्र

प्रजिअलाई ज्ञापनपत्र

- Advertisement -spot_img


घोराही, १९ जेठ ।
खाद्य अधिकार सञ्जाल दाङले प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यलाई ज्ञापनपत्र बुझाएको छ । सञ्जाल दाङको आयोजनामा खाद्यअधिकार सञ्जाल लुम्बिनी प्रदेशका संयोजक सुरेश गौतमको प्रमुख आतिथ्यतामा बैठक बसी प्रमुख जिल्ला अधिकारीलाई ज्ञापकपत्र बुझाउने निर्णय गरेको हो ।
सोही निर्णयअनुसार ज्ञापनपत्र बुझाएको हो । पछिल्लो समय खाद्यान्न उत्पादनमा किसानहरूलाई निकै समस्या परेको भन्दै समस्या समाधानको लागि सरकारको ध्यानाकर्षण गराउनको लागि ज्ञापनपत्र बुझाइएको सञ्जाल दाङकी अध्यक्ष साजिदा सिद्दिकीले बताइन् ।
खाद्यअधिकार सञ्जालले किसान तथा खाद्य क्षेत्रको बारेमा काम गर्दै आएको छ । सञ्जाल दाङकी अध्यक्ष साजिदा सिद्दिकी, सञ्जालका प्रदेश संयोजक सुरेश गौतम, महासचिव मौसम आचार्यलगायत अन्य सदस्यहरूको टोलीले बर्षायाम सुरू हुँदै गर्दा किसानलाई मल बीउ सहजरूपमा उपलब्ध गराउनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै सगरमाथा सिमेन्ट उद्योगको प्रदूषणका कारण सो क्षेत्रमा रहेका खेतीयोग्य जमिनमा उब्जनी नभएको भन्दै त्यसको व्यवस्थापनको माग, बाढीले खेतीयोग्य जमिन कटान गरी बगरमा परिणत भएको हुँदा बाँकी रहेको जमिन कटानबाट बचाउन तत्काल तटबन्ध गर्नुपर्ने र कुसुन्डा समुदायका नागरिकहरूको नागरिकता सहज रूपमा उपलब्ध गराउने र उनीहरूको उचित आवासको व्यवस्थासँगै खाद्यान्न व्यवस्थापनको मागलगायतका कुराहरू समेटिएको ज्ञापनपत्र प्रजिअ बैद्यलाई बुझाइएको हो ।
कार्यक्रमको बारेमा सञ्जालका प्रदेश संयोजक सुरेश गौतमले जानकारी गराएका थिए भने सञ्जाल दाङकी अध्यक्ष साजिदा सिद्दिकीले पत्र हस्तान्तरण गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here