Tuesday, March 26, 2024
Homeसम्पादकीयस्वास्थ्य सजकता

स्वास्थ्य सजकता

- Advertisement -spot_img
गर्मीयाम सुरू भएको छ । यो समयमा स्वास्थ्य सजकता अति आवश्यक छ । गर्मीको समयमा सामान्य सचेतना अपनाइएन भने जुनकुनै बेला पनि मानव स्वास्थ्यमा विभिन्न समस्या आउन सक्छन् । रोगको आक्रमण पनि बढ्न सक्छ । अहिले गर्मीकै कारण विभिन्न रोगको संक्रमणले सास्ती दिइरहेको छ । यो समय र मौसम रोगले छिट्टै आक्रमण गर्ने समय हो । गर्मी बढेसँगै दाङका अस्पतालहरूमा बिरामीहरूको चाप पनि अत्यधिक रहेको देखिएको छ । जिल्लामा रहेका सरकारी तथा निजी अस्पतालमा बिरामीको संख्या गर्मीसँगै बढेकाले सचेतना आवश्यक देखाउँछ । यो समयमा सजकता अपनाउनु महत्वपूर्ण र अपरिहार्य देखिन्छ । सहरी क्षेत्र होस् वा ग्रामीण सबै स्थानमा गर्मीले बिरामी बढाएको छ । आफ्नो स्वास्थ्यका लागि आफै सहज हुन सकेमा मात्रै जीवन स्वस्थ राख्न सकिन्छ ।
दाङ जिल्लामा पछिल्लो समय स्वास्थ्य पहँुच बढ्दै गएको छ । जिल्लामा केही राम्रा अस्पतालहरू स्थापना भएका छन्, केही हुँदैछन् । सरकारी स्तरका ठूला तीनवटा अस्पताल रहेका छन् भने निजी क्षेत्रबाट पनि अस्पताल स्थापना गर्ने क्रम बढिरहेको छ । सेवा सुविधाको हिसावले पनि जिल्ला स्वास्थ्य पहुँचमै रहेको देखिन्छ । समामान्य सावधानी नअपनाउँदा गर्मीसँगै बिरामीहरू पनि बढिरहेको चिकित्सकहरूको तर्क छ र सामान्य ख्याल भए पनि सुरक्षित हुने अवस्था रहदा रहदै पनि लापरबाही र असावधानीका कारण यो मौसममा बिरामी बढी देखिने गरेका छन् ।
जिल्लाको तथ्यांकलाई हेर्दा अरू बेलाभन्दा बिरामीको संख्या दोब्बर जस्तै देखिन्छ । गर्मीसँगै विभिन्न समस्या देखिन थालेपछि चिकित्सकहरूले केही सल्लाह र सुझावसमेत प्रवाह गर्न थाल्नु स्वभाविक हुन्छ । यो समयमा पानीको मात्रा बढाउनु पर्ने अरू बेलाको तुलनामा धेरै पानी पिउनुपर्ने चिकित्सकहरूको भनाइ छ । पानी धेरै खान, बासी सडेगलेको, झिंगा भन्केको खाना नखान चिकित्सकले सुझाएका छन् । गर्मी मौसममा विभिन्न रोग चाँडो फैलने र संक्रमण बढ्ने हुँदा यसमा अझ चनाखो हुनुपर्ने हुन्छ । महामारीका रोगहरू नभए पनि बिरामीको संख्या बढ्नु राम्रो होइन यसमा सबै सजक र सतर्क बन्नै पर्छ ।
स्वास्थ्य जीवनको महत्वपूर्ण धन हो । शरीरलाई स्वास्थ बनाएमा मात्रै लक्षणहरूलाई अगाडि बढाउन सकिन्छ छ । मौसम फेरिदै गर्दा हुने यस्ता खालमा संक्रमणहरूलाई टाढै राख्न नागरिकहरूले आफैले सजकता अपनाउनुपर्छ आफ्नो स्वास्थ्यको ख्याल आफै गर्नुपर्छ । अरूलाई पनि सहज बनाउनेतर्फ भूमिका खेल्नुपर्छ । सानो गल्ती र समस्याले अप्ठेरोमा पर्ने र पार्ने काम कहि कतैबाट हुनुहुँदैन । सबै स्वास्थ्यका लागि सजक हुनैपर्छ ।
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here