Sunday, May 19, 2024
Homeमुख्य खबरपूर्णअधिकार नआउँदा चुनौती थपिएको छः मुख्यमन्त्री

पूर्णअधिकार नआउँदा चुनौती थपिएको छः मुख्यमन्त्री

- Advertisement -spot_img


दाङ, १६ जेठ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले अधिकार प्राप्तीको लडाइँ भइरहेको बताएका छन् । १६औँ गणतन्त्र दिवसको अवसरमा उनले केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारलाई तोकेअनुसारको अधिकार दिन नसकेको भन्दै प्रदेश सरकारमा पूर्णअधिकार नआउँदासम्ममा गणतन्त्र संस्थागतमा चुनौती थपिइरहने बताए ।

कुनै न कुनै अधिकार दिन कन्जुस्याइँ गरेको जसले गर्दा गणतन्त्र संस्थागत हुन चुनौती थपिएको उनको भनाइ छ । अहिले पनि तहगत रूपमा संविधानले तोकेको अधिकारहरू प्राप्त हुन नसकेको भन्दै मुख्यमन्त्रीले गणतन्त्र संस्थागत हुन नसक्ने, जनताको अपेक्षा पूरा गर्न नसकिने, आ–आफ्नो दायित्व पूरा गर्न नसक्नेजस्ता समस्या देखिएको औँल्याए ।

आन्तरिक मामिला कानुन तथा सहकारीमन्त्री सन्तोषकुमार पाण्डेले गणतन्त्र चन्दा चिठ्ठा र दानमा प्राप्त नभएको भन्दै यसको महत्व ठूलो रहेको बताए । कार्यक्रममा विभिन्न प्रतियोगितामा सहभागी र विजेता टोलीलाई पुरस्कारसमेत प्रदान गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here