Saturday, March 15, 2025
Homeमुख्य खबरसल्यानमा पालिकास्तरीय पढाइ मेला

सल्यानमा पालिकास्तरीय पढाइ मेला

- Advertisement -spot_img


हिमाल शर्मा
सल्यान, १६ जेठ ।
सल्यानमा पहिलो पटक पालिकास्तरीय बृहत् पढाइ मेला सम्पन्न भएको छ । सोमबार शारदा नगरपालिका–२ स्थित त्रिभुवन जन माध्यमिक विद्यालय लुहापिङमा पढाइ मेला सम्पन्न भएको हो । मेलामा एक हजार बढीले अवलोकन गरेका छन् ।

नगरपालिकाले बालबालिकामा पठनपाठन गर्ने बानीको विकास गर्न जिल्लामा पहिलो पटक बृहत् पढाइ मेला आयोजना गरिएको हो । पढाइ मेलामा अक्षर पत्ती खेल र विभिन्न विद्यालयले निर्माण गरेको शैक्षिक सामाग्री हेर्दा निकै रमाइलो लागेको शारदा प्राथमिक विद्यालय शारदा नगरपालिका–१ की कक्षा ४ मा अध्ययनरत सिर्जना रानाले बताइन् । उनले भनिन् ‘सरहरूले पढाएको भन्दा मेलामा शिक्षासम्बन्धी राखिएका सामाग्री हेर्दा निकै रमाइलो लाग्यो ।’

शैक्षिक मेलामा आउँदा शैक्षिक सामग्री पनि यति धेरै हुँदा रहेछन् भन्ने ज्ञान भएको महेन्द्र रत्न माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा विमला कँवरले बताइन् । उनले भनिन् ‘हाम्रो विद्यालयले पनि आफूले जाने र बुझेसम्मका शैक्षिक सामग्री लिएर आएका छौँ । धेरै विद्यालयले फरक–फरक सामग्री ल्याउदा अनुभव साटासाट गर्ने राम्रो अवसर मिलेको जस्तो लाग्छ ।’

बालबालिकामा पढाइप्रति रूचि बढाउन पढाइ मेला निकै प्रभावकारी देखिएको बालशखा माध्यमिक विद्यालयका शिक्षक प्रमोद केसीले बताए । मेलाले शैक्षिक सामग्रीको प्रयोग, पठन संस्कृतिको विकास गर्न पनि मद्दत गरेको छ । विद्यार्थीलाई विषयगत विषयमा उत्प्रेरणा दिन, पढाइलाई प्रतिस्पर्धात्मक बनाउन र बालबालबालिकालाई पढाइप्रति रूचि बढाउने उद्देश्यले मेला सञ्चालन गरिएको शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबालले बताए ।

नगरपालिकाभित्र रहेका ५७ सामुदायिक र ११ निजी विद्यालय रहेका छन् । ती सबै विद्यालयलाई २० स्टलमा राखी विद्यालयबाट विकास गरिएका बाल केन्द्रित, नविनतम् र आकर्षक पठन सामग्रीका स्टल निर्माण गरिएको उनको भनाइ छ । रूम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग र शारदा नगरपालिकाको आयोजनामा नगरस्तरीय पढाइ मेला भएको हो ।

बालबालिकामा पुस्तक तथा बालमैत्री शैक्षिक सामग्रीको पहुँच बढाउँदै पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पढाइ मेला गरिएको शारदा नगरपालिका प्रमुख प्रकाश भण्डारीले जानकारी दिए । उनले विद्यार्थी शिक्षक, अभिभावक, जनप्रतिनिधि, कर्मचारी, लेखक, सञ्चारकर्मी तथा अन्य सरोकारवाला गरी करिब एक हजारजनाको सहभागिता रहेको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here