Sunday, March 24, 2024
Homeमुख्य खबरविश्व महिनावारी स्वच्छता दिवस मनाइयो

विश्व महिनावारी स्वच्छता दिवस मनाइयो

- Advertisement -spot_img


गढवा, १६ जेठ ।
क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी) को आयोजना र जनता माध्यमिक विद्यालय गढवाको समन्वयमा गढवामा विश्व महिनावारी स्वच्छता दिवस मनाइएको छ । सो अवसरमा सीपी नेपालले किशोरीहरूका बीच महिनावारी स्वच्छतासम्बन्धी सचेतनात्मक कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रममा सहभागीहरूले महिनावारी जीवनको सुरूवात गर्न नारीलाई सक्षम बनाउने पाटो रहेकाले यसको स्वस्छताका विषयमा घरपरिवार र विद्यालयमा छलफल हुनुपर्ने बताएका थिए । सोही विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा संगीता पराजुलीले महिनावारीमा सबैभन्दा ठूलो कुरा सरसफाई नै रहेकाले यसलाई मर्यादित बनाउन अझ सचेतना कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने बताइन् ।

त्यस्तै अर्की सहभागी जेनिशा पुन मगरले महिनावारीका समयमा सरसफाईका साथसाथै पोषिलो खानेकुराहरू पनि आवश्यक रहने कुरा बताइन् । त्यस्तै कक्षा १० मा अध्ययनरत छात्रा प्रसुना पाण्डेले महिनावारीका समयमा अझै पनि घरपरिवारमा अन्धविश्वास रहेकाले यसलाई मर्यादित बनाउन घरपरिवार र विद्यालयमा यसको स्वच्छताका बारेमा छलफल भएमा अझ फलदायी हुने बताइन् । सो अवसरमा महिनावारी कपको बारेमा समेत जानकारी दिइएको थियो ।

सो सचेतना कार्यक्रममा ५५ जना किशोरीहरूले सहभागिता जनाएका थिए भने कार्यक्रमको सहजीकरण महिला स्वास्थ्य संयोजक प्रेसा चौधरी र किशोरी शिक्षाकी सहजकर्ता सिता कुमालले गरेका थिए । यसैगरी अन्र्तराष्ट्रियस्तरमा सन् २०१४ देखि मनाउन सुरू गरिएको दिवस नेपालमा सन् २०१५ देखि मनाउन थालिएको हो ।

हरेक वर्ष मे २८ का दिन महिनावारीसँग सम्बन्धित समस्याहरूलाई निराकरण गर्दै विश्वभरका सबै महिलाहरूलाई आफ्नो महिनावारी सुरक्षित र स्वच्छ बनाउनका लागि सशक्त बनाउने उद्देश्यले यो दिवस मनाउदै आइरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here