Friday, March 29, 2024
Homebreaking-newsवादी बस्तीको गुनासो– सरकारले नै विभेद गर्छ

वादी बस्तीको गुनासो– सरकारले नै विभेद गर्छ

- Advertisement -spot_img


दाङ, १४ जेठ ।
घोराही बजारको पश्चिम छेउको सेवार खोला बगरमा रहेको दुुर्गा भवानी टोलमा ७० घर परिवार वादी जाति बसोबास गर्छन् । यो बस्तीमा पानीदेखि लिएर सडक सुविधासमेत पुगेको छैन । बजारको मजदुरीले दुईछाक टार्छन् यहाँका बासिन्दा । स्थानीयबासी मदन नेपाली वादी भन्छन्, ‘वादी बस्तीलाई सरकारले नै विभेद गर्छ, जहाँ गरिब छन, त्यहाँ सुख सुविधाका लागि कुनै योजना नै हुँदैन सरकारसँग ।

गरिबीको पीडा र विकासको अभावमा बाँचिरहेको यो बस्ती घोराही उपमहानगरपालिका वडा नं. १३ मा पर्छ । बस्तीको सडक निर्माण र खानेपानी पाइप लाइन विस्तारदेखि बालबालिकाको उचित शिक्षाको व्यवस्थापनसम्म सरकारदेखि नेतासम्मले आश्वासन नदिएका पनि होइनन् । तर उक्त आश्वासन आश्वासनमै सीमित भएको मदन बताउँछन् । वादी बस्तीलाई नेतादेखि सरकारसम्मले विभेद गर्दा गरिबीमै आफूहरू बाँचिरहनुु परेको उनको भनाइ छ ।

‘गरिबीले गर्दा हामीले पढ्न पाएनौं, न हाम्रा छोराछोरीले पढ्न पाए’ उनले भने, ‘पढ्नका लागि विद्यालय होइन, पेटका लागि मजदुुरी गर्न बजार हिँड्छन हाम्रा बालबालिका ।’ मेरो पनि यही बाध्यता थियो । मेरा सन्तानको पनि बाध्यता यही छ । हातमा सीप वा शैक्षिक योग्यताको प्रमाणपत्र भए राम्रो काम पाइन्थ्यो होला भन्ने उनको बुझाइ छ । ‘तर, न गतिलो सीप, न शैक्षिक योग्यता छ, हामीलाई जातका कारण पनि होला मजदुरी दिन अन्कनाउँछन्’ मदनले भने ।

पिछडिएको र गरिब वादी समुदायलाई केन्द्रित गर्दै सरकारले केही सीप र सोही अनुसार रोजगार दिन सके यो बस्तीका बासिन्दाको जीवनस्तर सुधार हुन्थ्यो भन्ने उनको आश छ । अहिलेको अवस्थामा बाह्रै महिना मजदुरी गरेर परिवारको पेट भर्नुबाहेक अर्काे उपाय नभएको उनी बताउँछन् । ७० घरपरिवार रहेको यो बस्तीमा अझैसम्म कसैले पनि कक्षा १० उत्तीर्ण गरेका छैनन् । स्कूलको रहरभन्दा भोकको कहरले यहाँका बासिन्दा आजित छन् ।

कहिलेकाहीँ पेट भर्नकै लागि जात लुकाउनुुपर्ने बाध्यता आउने सोही ठाउँ निवासी सन्दीप वादी बताउँछन् । उनले भने, ‘ठूलाबडाको घरमा जाँदा जात भन्न पनि सकिँदैन । जातभन्दा काम नदिई फर्काउने हुन कि भन्ने डर । बस्तीका केही बालबालिका अझै विद्यालयको पहुँचभन्दा बाहिर छन ।

गरिबीका कारण नै उनीहरू पढ्नका लागि विद्यालयसम्म पुग्न सक्दैनन । सामुदायिक शिक्षा निशुुल्क भनिए पनि कापी, कलम, किताब किन्ने पैसा नहुँदा स्कुल जानसमेत कतिपय बालबालिका बन्चित भएको स्थानीयको भनाइ छ । मन्दिप वादी भन्छन्, ‘स्कूल जाने रहर भए पनि घरमा पैसा छैन ।

कहिले भोकै सुत्नुपर्छ । स्कूलको कापी, कलम, झोला, कपडा कसले दिन्छ ? हामीलाई सरकारले दिँदैन । साहुले काम गराएर मात्र दाम दिन्छन । स्कूल जाने समयमा काममै जानुपर्ने हुन्छ । तर स्थानीय सरकारले केहि गरेको छैन । नजिकको सरकार भनेको स्थनाीय सरकार हो उनले भने, तर सबैभन्दा बढी वेवास्ता यहि छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here