- Advertisement -spot_img
Monday, June 5, 2023
Homeमुख्य खबरजातीय मुक्ति समाजको सम्मेलन हुने

जातीय मुक्ति समाजको सम्मेलन हुने

- Advertisement -spot_img


दाङ, १० जेठ । नेपाल उत्पीडित जातीय मुक्ति समाजको लुम्बिनी प्रदेशस्तरीय प्रथम सम्मेलन दाङको घोराहीमा हुने भएको छ । नेपाल उत्पीडित जातीय मुक्ति समाजले घोराहीमा पत्रकार सम्मेलन गरी प्रथम सम्मेलन गर्ने जानकारी गराएको हो । जातीय भेदभाव तथा छुवाछुतमुक्त राष्ट्र घोषणा दिवसको अवसर पारेर जेठको २१ गते घोराहीमा उक्त सम्मेलन गर्ने जानकारी दिएको छ ।

सम्मेलनमा प्रदेशका १२ जिल्लाका दुई सय बढी प्रतिनिधिहरूको सहभागिता हुने नेपाल उत्पीडित जातीय मुक्ति समाजले जनाएको छ । सम्मेलनको उद्घाटन नेकपा एमालेका महासचिव शंकर पोख्रेलले गर्ने भएका छन् । सम्मेलनलाई भव्य र सभ्यरूपमा सम्पन्न गर्नका लागि जिम्मेवारी बाँडफाँडसमेत गरेको छ ।

त्यसका लागि नन्द विश्वकर्माको संयोजकत्वमा पाँच सदस्यीय मूल व्यवस्थापन समिति, कमला विश्वकर्माको संयोजकत्वमा १५ सदस्यीय आर्थिक समिति, सिवि गहतराजको संयोजकत्वमा १६ सदस्यीय जनपरिचालन समिति, नन्द विश्वकर्माको संयोजकत्वमा राजनैतिक तथा सांगठनिक प्रतिवेदन लेखन समिति गठन गरेको छ ।

यसैगरी चूर्णबहादुर नेपालीको संयोजकत्वमा खाद्य व्यवस्थापन समिति, एकमाया विश्वकर्माको संयोजकत्वमा अतिथि सत्कार समिति, ठाकुरप्रसाद ल्वागुनको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन समिति गठन गरेको छ ।

यसैगरी सुरेन्द्र श्रीको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरेको छ । जसको सदस्यमा राजेन्द्र गौतम, निमबहादुर सुनार, रामहरी शाही, विनोद बुढा प्रिर्थी, सुकुम नेपाली, हरि नेपाली, रूद्र विश्वकर्मा, रञ्जित नेपाली, कृष्ण विश्वकर्मा, भूपेन्द्र सेरेला, रामप्रकट कोरी, राजेन्द्र रसाइली, पहलबहादुर विक, शंकर नेपाली र निर्मला सुनार रहेका छन् ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजका लुम्बिनी प्रदेश संयोजक नन्द विश्वकर्माको अध्यक्षता तथा नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको थियो । पत्रकार सम्मेलनको सहजीकरण समाजका जिल्ला अध्यक्ष शंकर नेपालीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here