घोराही, ९ जेठ ।
दाङको घोराहीमा लागूऔषध नियन्त्रण सम्बन्धी एकदिने अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । घोराही उपमहानगर–पालिकाले पालिकाभित्रका जनप्रतिनिधि तथा सरोकारवालाहरूका लागि उक्त अभिमुखीकरण सञ्चालन गरेको थियो ।
कार्यक्रममा लागूऔषध नियन्त्रणका विषयमा सरोकारवालाहरूसँग छलफल र समिति गठन गरिएको छ । घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाको आयोजना तथा निर्णय पुनस्र्थापना केन्द्र घोराही–१७ को सहकार्यमा कार्यक्रम गरिएको थियो ।
नगर प्रमुख नरूलाल चौधरीको अध्यक्षतामा नगरस्तरीय र वडामा वडा अध्यक्षको अध्यक्षतामा लागूऔषध नियन्त्रण समिति गठन गरिएको छ । लागूऔषध दुव्र्यसन चुनौतीपूर्ण बन्दै गएकाले यसको नियन्त्रणका लागि स्थानीय सरकार योजना बनाएरै लाग्न आवश्यक रहेको नगरप्रमुख चौधरीले बताएका थिए ।
विद्यालय शिक्षा र टोल विकास संस्थाहरूमार्फत सचेतनाका कार्यक्रम सञ्चालनमा जोड दिने गरी कार्ययोजना बनाएर अघि बढ्ने निर्णय भएको छ । नगर प्रमुख चौधरीको अध्यक्षता तथा जनस्वास्थ्य प्रबद्र्धन शाखाका प्रमुख नारायणप्रसाद घर्तीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा लागूऔषध दुव्र्यसन नियन्त्रणका बारेमा निर्णय पुनस्र्थापना केन्द्रका परामर्शदाता विष्णु वलीले अभिमुखीकरण गरेका थिए ।
उपमहानगरका उपप्रमुख हुमा डिसी, प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, वडा प्रहरी कार्यालय घोराहीका प्रहरी नायव निरिक्षक तुलबहादुर विकले स्थानीय सरकारले लागूऔषध नियन्त्रणलाई नीति तथा कार्यक्रममा समावेश गरी बजेट व्यवस्थापन गरेरै लाग्नुपर्ने बताएका थिए । कार्यक्रमको सहजीकरण पत्रकार चन्द्रप्रकाश नेपालीले गरेका थिए ।