- Advertisement -spot_img
Monday, June 5, 2023
Homebreaking-newsतुलसीपुरमा भूमि नापजाँच सुरू

तुलसीपुरमा भूमि नापजाँच सुरू

- Advertisement -spot_img


तुलसीपुर, ९ जेठ ।
दाङको तुलसीपुर उपमहानगरपालिकामा भूमि नाप जाँचको काम सुरू भएको छ । राष्ट्रिय भूमि आयोगले मंगलबारदेखि भूमि नाप जाँचको काम सुरू गरेको हो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बाट नाँपजाँच सुरू गरेको हो ।

राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष लेखराज सिंह र तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले नापँजाचको उद्घाटन गरेका हुन् । तुलसीपुर उपमहानगरपालिकाभित्र १३ हजार नौसय ४१ को लगत प्रविष्टि लिइएको छ । त्यसमध्ये भूमिहिन दलितको दुई हजार ७९, भूमिहीन सुकुम्बासीको दुई हजार आठ सय ९२ र अव्यवस्थित बसोबासीको आठ हजार नौ सय ७९ रहेको छ ।

तुलसीपुर उपमहानगर–पालिकाका नगरप्रमुख टीकाराम खड्काले निर्वाचित भएर आएपछि भूमिहीन दलित, सुकुम्बासीहरूलाई लालपूर्जा वितरण गर्ने पहिलो निर्णय भएकाले त्यो विविध प्राविधिक समस्याका कारण एकवर्ष वर्पपछि मात्रै कार्यान्वयनमा आउन थालेको बताए ।

उनले वडाहरबाट विगतमा भरिएका फारामको लगत प्रविष्टिमा ढिलाइ भएका कारण कार्यान्वयनमा समस्या आएको बताए । नगरप्रमुख खड्काले बिचौलियाको प्रभावका कारण वास्तविक भूमिहीन दलित, सुकुम्बासी लालपूर्जा पाउनबाट वञ्चित हुने अवस्था सिर्जना हुन सक्ने भन्दै वडास्तरीय सहजीकरण समितिलाई नापजाँचका क्रममा विशेष ध्यान दिएर काम गर्न निर्देशन दिए ।

तुलसीपुर उपमहानगर–पालिकाका वडा नम्बर ६ र १८ मा मात्रै लगत प्रविष्टिको काम सम्पन्न भएको छ । २, १४ र ८ मा लगत प्रविष्टिको अन्तिम चरणमा रहेपनि अन्य वडाहरबाट विवरण नै नआएको भूमि शाखाका प्रमुख माधव पौडेलले बताए । राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष लेखराज सिहले जिल्लाका अधिकांश पालिकाहरमा भूमि सम्बन्धी नापजाँचको काम सुर भएको र राप्ती गाउँपालिकामा अन्तिम चरणमा पुगेको बताए ।

उनले पालिकाबाटै नाँपजाँच अन्तिम प्रक्रिया नै हुने भएकाले नापजाँचका क्रममा सहयोग गर्नका लागि आग्रह गरे । जिल्लाभर ७६ हजार तीन सय ६ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको फाराम भरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here