- Advertisement -spot_img
Tuesday, June 6, 2023
Homeमुख्य खबरविदेशी हस्तक्षेप बढ्योः पौडेल

विदेशी हस्तक्षेप बढ्योः पौडेल

- Advertisement -spot_img


दाङ, ९ जेठ ।
राष्ट्रिय जनमोर्चाकी प्रवक्ता दुर्गा पौडेलले अमेरिकी साम्राज्यवादको हस्तक्षेप बढेको बताएकी छन् । अमेरिकी साम्राज्यवादको अस्तक्षेप बढ्दा संसारभरि नै युद्धको खतरा रहेको उल्लेख गरिन् । नेपालमा पनि अमेरिकी साम्राज्यवादको हस्तक्षेप बढेर गएको बताइन् ।

प्रगतिशील पत्रकार संघ नेपाल दाङले मंगलबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय जनमोर्चाकी प्रवक्ता पौडेलले विश्वका विभिन्न देशहरूको राष्ट्रियता र सार्वभौमिकतामाथि अमेरिकाले हमला गर्नुका साथै विभिन्न देशहरूमा लोकतन्त्रलाई समाप्त गरेर फासिष्ट शासन कायम गर्ने नीति पनि अपनाइरहेको प्रति नेपाल र नेपाली जनता सचेत हुनुपर्ने बेला आएको बताएकी हुन् ।

नेपालमा अमेरिकी साम्राज्यवादको प्रत्यक्ष निर्देशनमा चल्ने पार्टी बनाएर संसद र सरकारमा समेत आफ्नो प्रभुत्व कायम गर्न प्रयत्न गर्न थालेको देखिएको उल्लेख गर्दै एमसीसी परियोजना त्यसैको पछिल्लो उपज भएको उनको भनाइ रहेको थियो ।

नेपाललाई इण्डोप्यासिफिक रणनीतिअन्तर्गत रणनीतिको उद्देश्य चीनलाई घेराबन्दी गर्नु र चीनका विरूद्धको युद्धमा नेपाललाई आफ्नो युद्धको अखडा बनाउनु रहेको दावी गर्दै त्यसको परिणाम स्वरूप नेपालमा ठूलो धनजनको क्षति हुने र यसले नेपालको तटस्थ परराष्ट्र नीति समाप्त हुने खतरा बढेको बताइन् । ‘अहिले नेपालको राष्ट्रियता, सार्वभौमिकता, लोकतन्त्र समेतका लागि गम्भीर खतरा पैदा भएको छ’ उनले भनिन्– ‘त्यसका विरूद्ध उच्चसतर्कता अपनाउन राष्ट्रिय जनमोर्चाले सम्पूर्ण नेपाली जनतासित अपिल गर्दै देशव्यापी अभियानमा हिडेको छ ।’

अमेरिकी साम्राज्यवादको गम्भीर खतरामाथि ध्यान दिएर नै राष्ट्रिय जनमोर्चाले अमेरिकी साम्राज्यवादका विरूद्ध मेची–महाकाली अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । यो अभियान आगामी जेठ १ गते सुरू भएर जेठ १५ गते समापन गरिनेछ । त्यो अभियान एकैसाथ जेठ १ गते कञ्चनपुरको महेन्द्रनगर र बाग्लुङको बाग्लुङ बजारबाट सुरू गरेर जेठ १५ गते काठमाडौँ र बुटवलमा समापन गरिनेछ ।

नेपालको राजनीतिक स्थिति र आवश्यकतानुसार गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयता खारेज गरौँ नाराअन्तर्गत जनमोर्चाको आन्दोलन पनि लगातार अगाडि बढिरहेको बताइन् । उनले देशमा प्रतिगामी शक्तिहरूले गणतन्त्र र धर्मनिरपेक्षता माथि लगातार आक्रमण गरिराखेको बताउँदै भारतीय साम्राज्यवादबाट पनि नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामाथि समेत गम्भीर प्रकारले आक्रमण भइरहेको दावी गरेकी हुन् ।
लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै महँगो संघीयता खारेजी आफूहरूको विगतदेखिकै मुद्दा संस्थागत गर्न नेपाली जनताको साथ चाहिएको बताइन् । उनले संघ र स्थानीय सरकार चुस्त बनाउन, अधिकार सम्पन्न मितव्ययी संरचनामा ध्यान दिन सचेत गराउने काम गर्दै आएको बताएकी हुन् ।

उनले प्रदेश संरचना खारेजीको माग गरेकी छन । महँगो संघीयताका बारेमा जनतामा सचेतना फैलाउन र अमेरिकी साम्राज्यवादविरूद्ध खबरदारी गर्न मेची–महाकाली अभियान लिएर दाङ आई पुगेको उनको भनाइ थियो ।

प्रगतिशील पत्रकार संघको जिल्ला सल्लाहकार कृष्णप्रसाद आचार्यको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेकपा मसालका प्रदेश प्रवक्ता तिलक जिसी, जनमोर्चा जिल्ला अध्यक्ष गणेश आचार्य, केन्द्रीय सदस्य सरिता जिसी अखिल छैठौंका देवेन्द्र कँवरलगायतको उपस्थित रहेको थियो । पत्रकार सम्मेलनको सहजीकरण जिल्ला अध्यक्ष महेश रिजालले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here