- Advertisement -spot_img
Monday, June 5, 2023
Homeमुख्य खबरकिसानलाई बाख्रा वितरण

किसानलाई बाख्रा वितरण

- Advertisement -spot_img


दंगीशरण, ९ जेठ ।
पश्चिम दाङको दंगीशरण गाउँपालिकामा किसानहरूलाई बाख्रा वितरण गरिएको छ । गाउँपालिकाका वडा नम्बर १ र २ का किसानहरूलाई बाख्रा वितरण गरिएको हो ।

दंगीशरण गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङ र हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोगमा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता साझेदारी परीयोजनाअन्तर्गत दुईवटा वडामा बाख्रा वितरण गरिएको हो ।

आर्थिक उपार्जन तथा आर्थिक समृद्धिका लागि कृषि पशुपंक्षी विकास कार्यक्रमअन्तर्गत बाख्रा उपहार कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताए । पहिलो चरणमा वडा नम्बर १ र २ मा गठित समूहका स्थानीयलाई माउ बाख्रा तथा बोका प्रदान गरिएको उनले जानकारी दिए । यसबाट आर्थिक उपार्जन र नस्ल वृद्धिमा टेवा पुग्ने उनको भनाइ छ ।

पालिकाले गाउँपालिकाभित्रका नागरिकहरूको आर्थिक अवस्था सुधार र रोजगारी सिर्जना गर्नका लागि बाख्रा वितरण गरिएको उनले बताए । पालिकाले न्यून आय भएका विपन्न तथा दलित परिवारलाई समूहको माध्यमबाट जोडेर लैजाने बताए ।

नागरिकको आयस्तरमा वृद्धि गरी सबै नागरिकलाई समृद्ध र सुखी बनाउने अभियानअन्तर्गत कृषि र पशुको क्षेत्रमा साझेदार संस्थाहरूको प्राविधिक सहयोग कार्यक्रम अगाडि बढाइएको उनको भनाइ छ ।

गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले आफूहरू भौतिक पूर्वाधारको विकासलाई मात्र विकास नमानी मानवीय विकासलाई पहिलो प्राथमिकतामा राखी अगाडि बढेको बताइन् । वडा नम्बर १ मा वडा अध्यक्ष रमेश भण्डारी, गाउँपालिका अध्यक्ष शम्भु गिरी, उपाध्यक्ष पिमा वली खड्का र प्रमुख प्रशासकीय अधिकृत निमराज भट्टराईको उपस्थितिमा २० जनालाई बाख्रा उपहार प्रदान गरिएको थियो ।

यस्तै वडा नम्बर २ मा वडा अध्यक्ष डम्बर खत्रीको अध्यक्षतामा चारवटा समूहका २० जना किसानहरूलाई माउ बाख्रा वितरण गरिएको हो । उपहार कार्यक्रममा हेफर प्रोजेक्ट नेपालका विवेक शाह, प्रकाश केसीलगायतको उपस्तिथि रहेको थियो । कार्यक्रमको सहजीकरण साझेदारी परियोजनाकी कार्यक्रम संयोजक गोमा भट्टराईले गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here