- Advertisement -spot_img
Monday, June 5, 2023
Homebreaking-newsएमालेलाई कमजोर बनाउन गठबन्धन सक्रिय छः पोखरेल

एमालेलाई कमजोर बनाउन गठबन्धन सक्रिय छः पोखरेल

- Advertisement -spot_img


दाङ, ७ जेठ ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेलाई कमजोर बनाउन सत्ता गठबन्धन सक्रिय भएको आरोप लगाएका छन् । महासचिव पोखरेलले चौतर्फी घेराबन्दीका बीचमा पनि एमाले घेराबन्दी तोड्न सफल हुने दावी गरे ।

नेकपा एमाले दाङ जिल्ला कमिटीले तुलसीपुरमा आयोजना गरेको दंगाली कम्युनिष्ट आन्दोलनका अगुवा नेत्रलाल पौडेल अभागीको ४०औँ स्मृति सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले निर्वाचन र अन्य समयमा नेकपा एमालेमाथि चौतर्फी घेराबन्दी हुने गरेको बताए । ‘हाम्राविरुद्ध मोर्चाबन्दी गरियो, घेराबन्दी गरियो’ उनले भने– ‘के यो जनताका लागि गरिएको हो ?’

एमाले पाटी बलियो शक्तिको रुपमा रहेको दावी गर्दै महासचिव पोखरेलले माओवादी केन्द्र राष्ट्रिय राजनीतिमा ठूला पार्टीलाई विभाजन गरी लाभ लिने दाउमा रहेको आरोप लगाए । ‘माओवादी केन्द्र राष्ट्रिय राजनीतिमा अरुलाई विभाजित गरेर राजनीति गर्न खोजिरहेको छ’ उनले भने– ‘नेपालको बामपन्थी आन्दोलनका हिसावले नेकपा एमाले यो देशमा सबैभन्दा बलियो शक्ति हो ।’

उनले समाज परिवर्तनको अभिभारा बाँकी रहेका बेला नै क्रान्तिकारी कार्यकर्तालाई अवसरवादी कार्यकर्तामा बदल्ने काम भएको बताए । उनले २०७६ सालमा भएको माओवादी पाटीसँगको एकतापछि देश समृद्धिको मार्गमा अघि बढेको बेलामा पार्टी विभाजन गरिएको बताए । ‘केपी ओली नेतृत्वको बहुमतको सरकारले देशलाई समृद्धिको मार्गमा लैजाँदै गरेको अवस्थामा पार्टीलाई विभाजनतर्फ लगियो’ उनले भने–‘एमाले नेतृत्वको सरकारले नै बलियो अर्थतन्त्र बनाउने काम गरेको हो ।’

उनले अहिले गठबन्धन सरकार सत्ता र कुर्सीका वरीपरी रहँदा देश धरासायी स्थितिमा पुगेको बताए । ‘महँगीले जनता मारमा छन्, व्यवसायी विस्थापित हुँदैछन्’ उनले भने– ‘गठबन्धन दल भने सरकार फेरबदलको जोड घटाउमा छ ।’ उनले एमाले लोकप्रिय मत पाउँदा पनि राज्य सत्ताको नेतृत्वमा नरहेको बताए । ‘निर्वाचनपछि एमालेले सबैभन्दा बढी मत पाएको पहिलो पार्टी हो ।’ उनले भने– ‘जनताका पक्षमा काम गर्ने सरकार अझै भेटाउन सकिएको छैन् ।’

उनले राज्यको नेतृत्व नपाउँदासम्म समाज बदल्न नसकिने बताए । ‘राज्यको नेतृत्व नपाउँदासम्म समाज बदल्न सकिदैन् ।’ उनले भने– ‘समाजमा दुई शक्तिबीच टक्कर चलिरहेकोले देश अघि बढ्न सकेको छैन् ।’ उनले पुरानाले काम गर्न नसकेको भनेर जनतामा भ्रम फिजाउन खोजिएको बताए । ‘राजनैतिक दलहरु कहिले पनि पुराना हुँदैनन्’ उनले भने– ‘पुरानाले सकेनन्, अब नयाँ विकल्प खोज्नुपर्छ भन्ने भ्रम छर्न खोजिदै छ ।’

उनले एमाले आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने दावीसमेत गरे । ‘हामी आगामी निर्वाचनमा देशकै पहिलो पार्टी बन्ने अठोटका साथ अघि बढेका छौँ’ उनले भने– ‘पार्टीलाई २०८४ सालको निर्वाचन गतिविधि र लक्ष्यका साथ काम गर्नसमेत म नेता कार्यकर्तालाई आग्रह गर्दछु ।’ पार्टी संगठन सुदृढीकरण गर्नलाई पछिल्लो पटक मिसन ग्रासरुढ कार्यक्रमलाई देशब्यापी बनाएको भन्दै चार वर्षपछि हुने निर्वाचनलाई लक्षित गरेर गतिविधि अघि बढ्ने उनले दावि गरे ।

पछिल्लो समयमा केही पार्टीको चर्चा बढी हुने गरेको बताउँदै महासचिव पोखरेलले उनीहरुको समाज विकासका लागि भूमिका उल्लेख्य हुन नसक्ने बताए । कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव भागवत विश्वासीले देश निर्माण गर्ने पार्टी नेकपा एमाले भएको बताए । ‘एमाले नै हो देश निर्माणमा लाग्ने पार्टी’ उनले भने– ‘विकल्प नदेखेपछि पुनः एमालेमै फर्केका छौँ ।’

करिब दुई वर्षअघि एकीकृत समाजवादीतिर लागेर गल्ती गरिएको भन्दै एमाले पार्टीमा फर्किनुभएका नेता विश्वासीले दुई वर्षपछि घर फर्किएको बताए । स्मृतिसभामा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव भागवत विश्वासीको नेतृत्वमा पूर्व स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी, केन्द्रीय सचिव शारदा स्वर्णकार, जिल्ला अध्यक्ष सुरामणि बेल्बासेसहित चार सय ३० बढी नेता कार्यकर्ता एमाले फर्किएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here