- Advertisement -spot_img
Monday, June 5, 2023
Homeमुख्य खबरधनबहादुर नेपाली स्मृति खुल्ला तेक्वान्दो प्रतियोगिता

धनबहादुर नेपाली स्मृति खुल्ला तेक्वान्दो प्रतियोगिता

- Advertisement -spot_img


दाङ, २४ बैशाख ।
दाङको तुलसीपुरमा शुक्रबारदेखि सुरू भएको धनबहादुर नेपाली स्मृती नगरस्तरिय खुल्ला तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । तुलसीपुर नगर तेक्वान्दो परिवारको आयोजनामा विभिन्न तौल समूहमा भएको तेक्वान्दो प्रतियोगिताको एक औपचारिक कार्यक्रम गरेर शनिबार समापन गरिएको हो ।

कार्यक्रम संयोजक बमबहादुर विकको अध्यक्षता तथा तेक्वान्दो संघ लुम्बिनी प्रदेशका अध्यक्ष बिमल रिजालको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा पुरूष तथा महिलातर्फका प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने ५७ जना खेलाडीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै खेलमा दोस्रो र तेस्रो हुने खेलाडीहरूलाई पनि मेडल र प्रमाण प्रत्र प्रदान गरिएको थियो ।

दुई दिनसम्म चलेको प्रतियोगितामा विभिन्न तौल समुहका दुई सय बढी खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगिताअन्तर्गतका सबै खेलहरू तुलसीपुर–८ मा रहेको लुम्बिनी प्रदेश तेक्वान्दो संघको कभर्डहलमा सम्पन्न भएको हो ।
उक्त प्रतियोगिताको जुरिमा जंग बहादुर नेपाली रहनु भएको थियो भने निर्णायकमा सुरज केसी, सुरेश कुमाल, बमबहादुर विक र देवराज खाम्जालगायतका रहेका थिए । पुरूष तौल समुहमा १९ देखि ६५ केजी तौल समूहसम्म र महिलातर्फ २१ देखि ५८ केजी तौल समूहबाट प्रतियोगिता भएका थिए ।

नेपाली स्मृति नगरस्तरिय खुल्ला तेक्वान्दो प्रतियोगिता समापन कार्यक्रमका अवसर नेपालीकी धर्मपत्नी भगवती नेपालीलाई पनि सम्मान गरिएको थियो । संघका प्रदेश अध्यक्ष रिजालले धनबहादुर नेपालीले दाङ जिल्लामा तेक्वान्दो खेलको विकासका लागि खेलेको भूमिकाको स्मरण गरे । जिल्लामा तेक्वान्दो खेलको विकासका लागि नेपालीले खेलेको भूमिका प्रशंसनीय रहेको बताए ।

यस्तै दाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष विष्णु अधिकारीले यो खेल राष्ट्र र स्वास्थ्यका लागि मात्र नभई आत्म सुरक्षाका लागि पनि आवश्यक रहेको प्रस्ट पारे । हात र खुट्टाको प्रयोग गरी खेलिने एउटा कलात्मक खेलका रूपमा चिनिने तेक्वान्दो खेलले व्यक्तिलाई शारिरीक तथा मानसिक रूपमा स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

यस्तै तुलसीपुर ८ का वडा अध्यक्ष धर्म वलीले नागरिकको नजिकको सरकार स्थानीय सरकारका तर्फबाट गर्ने साथ सहयोगका लागि आफूहरू सधै सकारात्मक रहेको बताए । आदर्श एकेडेमीका प्रशिक्षक सुरज केसीको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण भिमलाल विश्वकर्माले गरेका हुन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here