- Advertisement -spot_img
Monday, June 5, 2023
Homeमनोरञ्जननारायणपुरमा कृषि, पर्यटन तथा व्यापार महोत्सव हुने

नारायणपुरमा कृषि, पर्यटन तथा व्यापार महोत्सव हुने

- Advertisement -spot_img


नारायणपुर, २३ चैत ।
घोराही उपमहानगरपालिका वडा नम्बर १० मा महोत्सव सञ्चालन हुने भएको छ । नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा वैशाख १४ गतेदेखि २६ गतेसम्म ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८०’ हुने भएको हो ।

नारायणपुरमा हाटबजार व्यवस्थापनका लागि आयोजना गरिने महोत्सवका विषयमा बिहीबार नारायणपुरमा बृहत् छलफल भएको छ । नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष अभियान बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले महोत्सव सफल बनाउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा नारायणपुर उद्योग वाणिज्य संघका कार्यसमिति, पूर्वअध्यक्ष, पूर्वपदाधिकारी, राजनीतिक दलका प्रतिनिधि, वस्तुगत समितिका प्रमुख, पत्रकार, सामाजिक संघसंस्थालगायतको सहभागिता रहेको थियो । त्यस अवसरमा नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष अभियान बस्नेतको संयोजकत्वमा १ सय १ सदस्यीय महोत्सव आयोजक मूल समिति गठन गरिएको छ ।

यस्तै नारायणपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष बलदेव शर्मा संयोजक र पूर्व अध्यक्षहरू दानबहादुर बुढाथोकी, प्रकाशक्ुमार न्यौपाने, चित्रबहादुर डाँगी (निर्मल), गोपालप्रसाद लम्साल सदस्य रहेको अनुगमन समिति र निवर्तमान अध्यक्ष महेन्द्रकुमार दाहाल संयोजक रहेको सल्लाहकार समिति गठन गरिएको छ । मूल समितिले उपसमितिहरू गठन गर्नेछ । कार्यक्रमको सहजीकरण संघका महासचिव बसन्त न्यौपानेले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here