तुलसीपुर, २० चैत ।
दाङ तुलसीपुर अरनिको मैदानमा हिरा ग्रासरूट फुटबल ट्रेनिङ सुरू भएको छ । हिरा डाँगी फाउन्डेसन तुलसीपुर–५ ले सञ्चालन गरेको ट्रेनिङको दाङ जिल्ला फुटबल संघका अध्यक्ष संजात धितालले उद्घाटन गरेका छन् । स्थानीयस्तरमा फुटबल खेलको विकास र प्रवद्र्धनसँगै ग्रासरूट लेवलमा कुशल खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ ट्रेनिङ सुरूवात गरिएको हो ।
स्वर्गीय हिरा डाँगी फुटबलका एक होनहार खेलाडी थिए, उनको फुटबलप्रतिको समर्पणलाई जीवन्त राख्न उनकै नाममा ग्रासरूट फुटबल ट्रेनिङ सञ्चालन गरेको फाउन्डेसनका सचिव केशव चौधरी मिग्माले जानकारी दिए । उनले भने यो ट्रेनिङ निशुल्क हुने र यसको निरन्तरतालाई सँगै आफ्नो लक्ष्य र उद्देश्यअनुरूप कुशल खेलाडी उत्पादन गर्नेछ ।
दाङ जिल्ला फुटबल संघका अध्यक्ष संजात धितालले सिङ्गो फुटबल खेलको विकाससँगै कुशल खेलाडी उत्पादन गर्ने फाउन्डेसनको लक्ष्य र उद्देश्य अत्यन्त सह्रानीय भएको बताए । फुटबल संघले गर्ने काम फाउन्डेसनले गर्दैछ म अत्यन्त खुसी छु यसमा संघको सहयोग र सहकार्य रहनेछ अध्यक्ष धितालले भने । आफ्नो स्थापना कालदेखि खेलकुद शिक्षा र स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको फाउन्डेसनले सोमबारदेखि औपचारिक रूपमा सुरू गरेको ट्रेनिङ विशुद्ध निशुल्क हुनेछ ।
ट्रेनिङमा ८ देखि १४ वर्ष उमेर समूहका महिला तथा पुरूष खेलाडीले एकेडेमिक ट्रेनिङ सेवा लिन पाउने छन् । फाउन्डेसनको सञ्चालन गरेको ट्रेनिङको प्रशिक्षकमा अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व प्रशिक्षक प्रीति बहादुर गिरी प्रेस रहेका छन् । बिहान ६ बजेदेखि सञ्चालन हुने ट्रेनिङमा झन्डै ६० बढी महिला तथा पुरूष खेलाडीहरूको सहभागिता रहेको छ ।