दाङ, १८ चैत ।
नयाँ वर्ष २०८० को अवसरमा तुलसीपुरमा सांस्कृतिक विषेश कार्यक्रम हुने भएको छ । मितेरी युवा क्लव तुलसीपुरले नयाँ सालको अवसरमा सांस्कृतिक विषेश कार्यक्रम गर्न लागेको हो ।
क्लवले तुलसीपुरको अरनिको मैदानमा बैशाख १ देखि १० गतेसम्म सांस्कृतिक कार्यक्रम गर्न लागेको क्लवका अध्यक्ष अजय बुढाथोकीले जानकारी दिए । कला, संस्कृतिको संरक्षण गर्न क्लवले १० दिनसम्म विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरेको उनले बताए ।
क्लवले कार्यक्रमबाट संकलन भएको केही रकमले तुलसीपुरमा फुटबल प्रतियोगिताको आयोजना गर्ने जनाएको छ । ‘स्वास्थ्य, शिक्षा, सूचना हाम्रो अभियानः कला, संस्कृति र भेषभूषा हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ क्लवले सांस्कृतिक विषेश कार्यक्रमको आयोजना गरेको पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।
चैत ३० गते कार्यक्रमको उद्घाटन गरिने भएको छ । बैशाख १ गतेदेखि सांस्कृतिक कार्यक्रम हुने अध्यक्ष बुढाथोकीले जानकारी दिए । नयाँ वर्ष विषेश बनाउनका लागि मन्त्र ब्याण्डलाई आमन्त्रण गरिएको छ ।
कार्यक्रममा कुलेन्द्र विश्वकर्मा, कृष्ण रेउले, टंक तिमिल्सिना, देवेन्द्र बब्बलु, ज्योति मगर, एलिना चौहान, प्रीति आले, हास्यकलाकार विष्णु सापकोटा (हर्के हवलदार) लगायतका कलाकार आउने भएका छन् ।
यस्तै गरी थारू कलाकारहरू अनु चौधरी, अञ्जु कुसुम्या, शालिकराम चौधरीको पनि विषेश सांगीतिक प्रस्तुति रहने भएको छ । कार्यक्रममा बाल उद्यान पनि रहने आयोजकले जनाएको छ ।