Friday, January 24, 2025
Homebreaking-newsआर्थिक तरलताको प्रभाव, धरापमा उद्योग, व्यवसाय

आर्थिक तरलताको प्रभाव, धरापमा उद्योग, व्यवसाय

- Advertisement -spot_img


जीतसागर जी.एम.
दाङ, १७ चैत ।
बजारमा आर्थिक तरलताको प्रभाव देखिन थालेको छ । बैंकको ब्याजदरमा अस्वभाविक बृद्धि, बैंकबाट कर्जा प्रवाह नहुनु, महँगी बढ्नुजस्ता कारणले उद्योग, व्यवसाय संकटमा पर्न थालेको छ । आर्थिक चलायमान नहुँदा कतिपय उद्योगी, व्यवसायी विस्थापित भइसकेका छन् भने सञ्चालनमा रहेका उद्योग, व्यवसाय संकटमा पर्न थालेका छन् ।

व्यवसाय नचलेपछि सटर बिक्रीमा छ भन्दै सूचना टाँस गरिएको बजारको मूख्य चोकमै देखिन थालेको छ । तुलसीपुरको मुख्य सडक ‘क’ लाईनमै व्यवसायी चल्न नसकेपछि व्यवसायी संकटमा परेको तुलसीपुर उद्योग वाणिज्य संघका कार्यालय प्रमुख पारेश्वर भट्टराईले बताए । ‘बजारको मूख्य ठाउँमै व्यवसायी पलायन हुने अवस्था आएको छ’ उनले भने–‘५/६ वर्षअघि ‘क’ लाइनमा सटर खोज्दा पाईदैन थियो, तर अहिले सडक खाली छ भन्ने सूचना सर्वत्र देख्न पाईन्छ ।’

कारोबार हुन छाडेपछि अधिकांश व्यवसायीलाई अहिले सटरभाडा नै बुझाउन मुस्किल परेको उनले बताए । ‘व्यापार व्यवसाय नभएपछि कतिपय व्यवसायी त विस्थापित भएका छन्’ उनले भने– ‘सञ्चालनमा रहेका व्यवसायीले पनि सटर भाडा दिन नसक्ने अवस्था छ ।’ कोरोना महामारी, राजनैतिक अस्थिरता लगायतका कारण आर्थिक तरलताको प्रभाव सतहमा देखिन थालेको तुलसीपुरका युवा व्यवसायी दुर्गा भुसालले बताए ।

‘आजभोलि व्यापार ह्वात्तै घटेको छ’ उनले भने– ‘सटर भाडा दिने पनि कमाउन हम्मे–हम्मे परेको छ ।’ व्यापार, व्यवसाय कम भएपछि बैंकलाई कर्जाको किस्तासमेत बुझाउन नसकिने अवस्था आएको अर्का व्यवसायी सेवक बुढाथोकीले बताए । ‘बैंकको ब्याजदर बढेको छ एकातिर, अर्कोतिर कारोबार कम हुँदा किस्ता बुझाउन समस्या छ’ उनले भने– ‘आर्थिक तरलताको प्रभाव सतहसम्म देखिन थालेको उदाहरण पनि हो ।’

घरेलु तथा साना उद्योग कार्यालय घोराहीका अनुसार दाङमा बितेको डेढ वर्षको अवधिमा ७ सय ६३ उद्योगी, व्यवसायी विस्थापित भएका छन् । चालुवर्षको साउनदेखि माघ मसान्तसम्ममा ११८ उद्योग र २१८ व्यवसाय निस्क्रिय भएको कार्यालयका सूचना अधिकारी मिनराज पाण्डेले बताए । ‘गतवर्षको तुलनामा चालुवर्षको सात महिनामा धेरै उद्योग व्यवसाय निस्क्रिय भएका छन् ।’

उनले भने– ‘निस्क्रिय हुनेमा अधिकांश व्यापार घाटामा गएका छन् भने प्राईभेट फर्मबाट साझेदारीमा गएका पनि छ ।’ उनका अनुसार कतिपय नवीकरण गर्न म्याद नाघेकाहरू पनि निस्क्रियको सूचिमा परेका छन् । उद्योग तथा व्यवसाय निस्क्रिय गराउन आउने अधिकांशले वैदेशिक रोजगारीका लागि जान लागेको प्रतिक्रिया दिने गरेको कार्यालयका सुचना अधिकारी पाण्डेले बताए ।

‘धेरैजसोले व्यापार, व्यवसाय भएन, फर्म दर्ताबाट हटाईदिनु प¥यो भनेर भन्नुहुन्छ’ उनले भने– ‘कतिपय भर्खर दर्ता उद्योग बन्द भएका छन्, कतिपय लामो समयदेखि सञ्चालनमा आएका उद्योग पनि बन्द भएका छन् ।’ गतवर्षको तुलनामा चालुवर्षमा नयाँ उद्योग व्यवसाय थपिने क्रम पनि कम रहेको उनले बताए ।

गतवर्षमा १ हजार ८ सय ३८ नयाँ उद्योग थपिएकोमा चालुवर्षको सात महिनामा ४ सय ८५ उद्योगमात्रै थपिएका छन् । यस्तै वाणिज्यतर्फ गतवर्ष १ हजार ५ सय २३ उद्योग थपिएकोमा यसवर्ष साउनदेखि माघ मसान्तसम्म ४ सय ८० मात्रै दर्ता भएको सूचना अधिकारी पाण्डेले बताए ।

‘उद्योग व्यवसाय कम दर्ता हुनु भनेको आर्थिक मन्दीकै प्रभाव हो’ उनले भने– ‘अबको पाँच महिनामा पनि गतवर्षको ६ महिनामा थपिएका उद्योग जति पनि नपुग्ने स्पष्ट छ ।’ दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंक सिं बुढाथोकीले आर्थिक मन्दीको प्रभाव उद्योगी, व्यवसायीमा देखिन थालेको बताए ।

‘पछिल्लो समय बैंकको चर्को ब्याजदर, कारोबार कम हुँदा उद्योगी, व्यवसायी मारमा छन् ।’ उनले भने– ‘कोरोना महामारी, राजनैतिक अस्थिरता नै प्रमुख प्रभाव हो ।’ बैंकको चर्को ब्याजदरकै कारण धेरै व्यवसायी विस्थापित हुन परेको अवस्था रहेको उनले बताए । ‘समस्या छन्, सरकारले सुन्दैन् ।’ उनले भने– ‘अझै यस्तै अवस्था रहेमा धेरै व्यवसायी विस्थापित हुन्छन् ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here