- Advertisement -spot_img
Tuesday, June 6, 2023
Homebreaking-newsबाँदरबाट बढ्न थाल्यो मानिसमा आक्रमण

बाँदरबाट बढ्न थाल्यो मानिसमा आक्रमण

- Advertisement -spot_img

जीतसागर जी.एम.
तुलसीपुर, ६ चैत ।
तुलसीपुरमा जंगली जनावर बाँदरले मानिसलाई आक्रमण गर्न थालेको छ । घरपालुवा कुकुर, बिरालोको तुलनामा पछिल्लो समय जंगली जनावर बाँदरको आक्रमण बढ्न थालेको हो । तुलसीपुरमा माघदेखि चैत ५ गतेसम्म ३६ जनालाई बाँदरले टोकेको छ ।

राप्ती प्रादेशिक अस्पतालका सूचना अधिकारी भूषण सुवेदीका अनुसार माघमा २३, फागुनमा ८ र चैतमा पाँचजनालाई बाँदरले टोकेको हो । तुलसीपुर बजारमै बाँदरले टोेकेका बिरामी अस्पतालमा आएको उनले बताए । ‘अस्पतालमा पछिल्लो समय बाँदरले टोकेका बिरामी आउने गरेका छन्’ उनले भने– ‘माघ र फागुनको तुलनामा चैतको पहिलो सातामै पाँचजनालाई बाँदरले टोकेको छ ।’

घरपालुवा तथा जंगली जनावरले मानिसलाई आक्रमण गर्न थालेपछि अस्पतालमा रेबिजविरूद्धको सुई लगाउन आउनेको संख्या बढ्दै गएको छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा माघदेखि चैत ५ गतेसम्ममा ४ सय ३६ जनाले रेविजबिरूद्धको सुई लगाएका छन् । माघमा बिरालो, कुकुर र बाँदरको टोकाईबाट २२६, फागुनमा १९० र चैतमा २० जना प्रभावित भएका छन् ।

कुकुर, बिरालो र बाँदरले टोकेका बिरामी अस्पतालमा रेबिजविरूद्धको सुई लगाउन आउने गरेका छन् । सरकारले रेबिजविरूद्धको सुई निशुल्क उपलब्ध गराउने गरेको छ । अस्पतालमा फागुन १६ देखि चैत ३ गतेसम्म १९ दिनको अवधिमा कुकुर, बिरोलो र बाँदरले टोकेका १०३ जनाले रेबिजविरूद्धको सुई लगाएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. ओम अर्यालले बताए ।

‘पहिलेको तुलनामा पछिल्लो समय बाँदरको टोकाईबाट घाइते बिरामी अस्पताल आउन थालेका छन्’ उनले भने– ‘जंगलमा खानेकुरा नपाएपछि बस्तीमा आएर मानिसलाई जंगली जनावरले आक्रमण गर्ने गरेको पाइन्छ ।’ बाँदरले मानिसलाई तुलसीपुरको बजारमै टोकेको अस्पतालले जनाएको छ । बाँदरले बस्तीमै आएर आक्रमण गर्न थालेपछि स्थानीय नागरिक त्रसित भएका छन् ।

बस्तीमै बाँदरको आक्रमण बढ्न थालेपछि बालबालिकालाई बढी जोखिम हुने तुलसीपुरका पर्सुराम पौडेलले बताए । ‘युवा र ज्येष्ठ नागरिकलाई भन्दा पनि बालबालिकालाई जोगाउनुपर्छ’ उनले भने– ‘बाँदरको नियन्त्रणका लागि सरकारले पहल गर्नुपर्छ ।’ कुनै पनि जनावरले टोकेपछि रेबिजविरूद्धको सुई लगाउन डाक्टरले सुझाव दिएका छन् ।

राप्ती प्रादेशिक अस्पतालका मेसु अर्यालले जंगली वा घरपालुवा जनावरले टोकेको अवस्थामा रेबिजविरूद्धको सुई लगाउन आग्रह गरेका छन् । ‘रेबिजविरूद्धका सुई निशुल्क दिएका छौँ’ उनले भने–‘सुई समयमै लगाउन अनुरोध गर्दछु ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here