- Advertisement -spot_img
Monday, June 5, 2023
Homeमुख्य खबरदुईदिने मञ्च उद्घोषण तालिम

दुईदिने मञ्च उद्घोषण तालिम

- Advertisement -spot_img

तुलसीपुर, ६ चैत ।
दाङको तुलसीपुरमा दुईदिने मञ्च उदघोषण सिप विकास तालिम सम्पन्न भएको छ । रेडियो हाम्रो पहुँचले हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक समिति र उपसमितिका लागि दिएको तालिम सम्पन्न भएको हो ।

समापन कार्यक्रमका अवसरमा बोल्ने वक्ताले यस्ता किसिमका तालिमले व्यक्तित्व विकास हुने भएकाले यस्ता किसिमका तालिम महत्वपुणर् रहेको बताएका हुन् । संस्थाका सूचना, तालिम तथा अध्ययन उपसमितिका संयोजक जीवराज अधिकारीको अध्यक्षता तथा संस्थाका अध्यक्ष शुक्रराज भण्डारीको प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको हो ।

तालिमको प्रशिक्षकमा संस्थाका अध्यक्ष भण्डारी र रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेल रहेका थिए । समापन कार्यक्रमको सहजीकरण संस्थाका सूचना तथा तालिम अधिकृत रेखा शर्माले गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here