दाङ, ५ चैत ।
तुलसीपुर कारागारमा कैदीबन्दीहरूको लागि निशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । कारागार कार्यालय तुलसीपुरको आयोजनामा तथा राप्ती आँखा अस्पताल रक्षाचौर तुलसीपुरको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको कारागारका स्वास्थ्य प्रमुख दोर्ण बहादुर वलीले बताए ।
शिविरमा दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यको उपस्थिति रहेको थियो । कारागारका भएको आँखा शिविरमा ४१३ जनाले सेवा लिएका थिए । कैदीबन्दीहरूका सामान्य आँखाको समस्या देखिएको र समस्या देखिएकाहरूलाई औषधीसमेत दिइएको थियो ।
कारागारमा रक्तदान
यसैबीच कारागारको आयोजनामा नै रक्तदान कार्यक्रम गरिएको छ । कारागारको आयोजना, नेपाल रेडक्रस सोसाइटी ब्लड बैंक तुलसीपुर दाङ र नेपाल स्वास्थ प्राविधिक संघ दाङको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । रक्तदान कार्यक्रममा जसमा ७६ जना पुरूष र ५ जना महिला गरी ८१ जना कैदीबन्दीहरूले रक्तदान गरेका थिए ।