- Advertisement -spot_img
Monday, March 20, 2023
Homeमुख्य खबरनारायणपुरको सरोकारका विषयमा अन्तरक्रिया

नारायणपुरको सरोकारका विषयमा अन्तरक्रिया

- Advertisement -spot_img

नारायणपुर, ५ चैत ।
नारायणपुर क्षेत्रका सरोकारका विषयमा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सचेत युवा सञ्जाल नारायणपुरको आयोजनामा कार्यक्रम भएको हो । नारायणपुर क्षेत्रको सरोकारका विषयमा छलफल गर्नका लागि आयोजना गरिएको कार्यक्रममा जनसरोकारका विषयमा छलफल भएको थियो ।

सचेत युवा सञ्जाल नारायणपुरका सदस्य बसन्त बस्नेतको अध्यक्षता एवं घोराही उपमहानगरपलिका वडा नम्बर १० का अध्यक्ष दिपक पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहभागीहरूले जनप्रतिनिधि एवं अन्य सरोकारवालाहरूसँग प्रश्न राखेका थिए । सरकारी कार्यालय व्यवस्थापन, स्वास्थ्य चौकीको व्यवस्थापन, ईलाका प्रहरी कार्यालयको भवन निर्माणलगायत सामाजिक विषयमा छलफल भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि घोराही उपमहानगरपालिका–१० का अध्यक्ष दिपक पाण्डेले वडा कार्यालयले नारायणपुर बजार क्षेत्र र समग्रमा १० नम्बर वडाको विकास र समृद्धिका लागि काम गरिरहेको बताए । वडाबासीलाई सहज तरिकाले कसरी सेवा दिन सकिन्छ भन्ने विषयमा वडा कार्यालयले गम्भीर रहेको बताए ।

मावि नारायणपुरका प्रधानाध्यापक उत्तमकुमार खनालले शैक्षिक सुधारका लागि विद्यालयले काम गरिरहेको बताउँदै पछिल्लो समय विद्यालयमा धेरै शैक्षिक एवं भौतिक विकास भएको बताए । विद्यालयमा केही समस्या र आवश्यकता भएमा सबै सरोकारवालाहरूसँगको सहभागीमा व्यवस्थापन गर्ने उनको भनाइ थियो ।

नेपाल पत्रकार महासंघ दाङका सचिव आरके शीतलले महान् उद्देश्यका साथ स्थापना भएको सचेत युवा सञ्जाल नारायणपुरलाई युवाहरूको नेतृत्व विकाससँगै सामाजिक कार्यहरूमा लाग्न सुझाव दिए । ईलाका प्रहरी कार्यालय नारायणपुरका प्रमुख प्रहरी नायव निरिक्षक गोपाल चन्दले शान्ति सुरक्षाको क्षेत्रमा प्रहरी २४ घण्टा खटिरहेको र आवश्यकता अनुसार सर्वसाधारणहरूले पनि प्रहरीलाई सहयोग गरेर सुरक्षा व्यवस्थापनमा सहयोग गर्न अनुरोध गरे ।

कार्यक्रममा विजय केसी, सागर खनाल, असीम भुसाल, सुदन डाँगी, यमानन्द जिसी, बसन्त न्यौपानेलगायतले जिज्ञासा राखेका थिए । सचेत युवा सञ्जाल नारायणपुरका सदस्य श्रीधर न्यौपानेले विषय प्रवेश गराएको कार्यक्रमको सहजीकरण सदस्य शिव श्रेष्ठले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here