- Advertisement -spot_img
Monday, March 20, 2023
Homeमुख्य खबरमैत्रीपूर्ण खेलमा पत्रकार महासंघ विजयी

मैत्रीपूर्ण खेलमा पत्रकार महासंघ विजयी

- Advertisement -spot_img

दाङ, ५ चैत ।
नेपाल पत्रकार महासंघ दाङ शाखा र दाङ जिल्ला उद्योग वाणिज्य संघबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ । प्रतियोगितामा पत्रकार महासंघ दाङको टिम विजयी भएको छ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघको १८औँ साधारणसभा तथा ५३औँ स्थापना दिवसको अवसरमा आयोजित व्यवसायीहरू बीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा शून्यका विरूद्ध दुई गोल गर्दै पत्रकार महासंघ दाङ शाखाको टिम विजयी भएको हो । खेलकुदका माध्यमबाट पत्रकार र उद्योगी व्यवसायीबीच मैत्रीपूर्ण सम्बन्ध कायम गर्न र स्वास्थ्यका लागि खेल आयोजना गरिएको संघका अध्यक्ष टंकसिंह बुढाथोकीले जानकारी दिएका छन् ।

त्यसैगरी अर्काे खेलमा राप्ती अञ्चल अटो इन्जिनियरिङ एसोसियसन दाङ शाखा विजयी भएको छ । प्रतियोगिताको फाइनल खेलमा १ का विरूद्ध ४ गोलले अटो व्यवसायी समिति विजयी भएको कार्यक्रम संयोजक माधव खनालले जानकारी दिएका छन् ।

फाइनल खेल रेडिमेट फेन्सी व्यवसायी र राप्ती अञ्चल अटो इन्जिनियरीङ एसोसियसन दाङ शाखाबीच भएको थियो । फेन्सी व्यवसायीले १ गोल गरेका थिए भने अटो व्यवसायीले ४ गोल गरेका थिए । संघमा आवद्ध विभिन्न बस्तुगत समितिबीच नकआउट चरणमा प्रतिस्पर्धा गरेका थिए । संघका पूर्वअध्यक्ष माधवप्रसाद शर्माले रेफ्रीलाई बल हस्तान्तरण गरेर खेलको सुरू गरिएको हो ।

यसैगरेर संघले आयोजित व्यवसायीहरू बीच दौड प्रतियोगितामा मनकर्ण केसी प्रथम र खेमराज भण्डारी द्वितीय भएको दौड प्रतियोगिताका संयोजक विनोदप्रसाद पाण्डेले जानकारी दिए । त्यसैगरेर बोरा दौड प्रतियोगितामा गणेश पाण्डे प्रथम र भिमसेन डिसी द्वितीय भएको बोरा दौड प्रतियोगिताका संयोजक देवकला बस्नेतले जानकारी दिइन् । संघले व्यवसायीहरू बीच मैत्रीपूर्ण प्रतियोगिता आयोजना गरेको हो ।

स्थापना दिवस तथा साधारण सभाको अवसरमा रक्तदान, फुटबल प्रतियोगिता, हाजिरीजवाफ, दौड, बोरा दौड प्रतियोगिता आयोजना गरेको हो । संघले व्यवसायी–व्यवसायीहरू बीच मैत्रीपूर्ण सम्बन्ध कायम गर्न, आपसमा चिनजान गराउनका लागि र खेलकुदको भावनाको विकासमा जोड दिने उद्देश्यका साथ हरेक वर्ष स्थापना दिवसको अवसरमा मैत्रीपूर्ण खेलकुद तथा सामाजिक काम गर्दै आएको छ । संघले चैत्र ९ गते स्थापना दिवस र चैत ११ गते साधारण सभा गर्न थालेको छ ।

कार्यक्रम संघका अध्यक्ष टंकसिंह बुढाथोकीको अध्यक्षता तथा संघका पूर्वअध्यक्ष एवं नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान सदस्य धु्रवराज श्रेष्ठ भारीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा सहभागीहरूलाई धन्यवाद ज्ञापन संघका वाणिज्य उपाध्यक्ष रामप्रसाद पोख्रेलले दिएका थिए । कार्यक्रमको सहजीकरण संघका महासचिव महेन्द्र बुढाथोकीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here