- Advertisement -spot_img
Monday, March 20, 2023
Homeमुख्य खबरज्योतिपुञ्जका विद्यार्थीको बिदाई

ज्योतिपुञ्जका विद्यार्थीको बिदाई

- Advertisement -spot_img

दाङ, ५ चैत ।
दाङको घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई बिदाई गरिएको छ । विद्यालयले शनिबार एक कार्यक्रमको आयोजना गरी कक्षा १० का विद्यार्थीहरूको बिदाई गरेको छ । एसईई परीक्षा–२०७९ दिएर विद्यालयबाट जाँदै गरेका १० कक्षाका विद्यार्थीहरूलाई बिदाई गरिएको हो ।

ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष युवराज थपलियाको सभापतित्व एवं ज्योतिपुञ्ज आवासीय विद्यालय प्रालिका अध्यक्ष हेमराज शर्माको प्रमुख आतिथ्यता भएको कार्यक्रममा विद्यार्थीलाई टिका, खादा र मायाको चिनो दिएर बिदाई गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रालिका अध्यक्ष शर्माले विद्यार्थी शिक्षासँगै समाजका हरेक क्षेत्रमा अब्बल हुने गरी काम गर्न शुभकामना दिए ।

कार्यक्रममा ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयका प्रवन्ध निर्देशक बालचन्द्र शर्मा सञ्चालकहरू ध्रुवराज पौडेल, नविनकुमार पाण्डेय र शालिकराम खनाल, विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारी, सहायक प्रिन्सिपल पूर्णचन्द्र पाण्डेय, कोर्डिनेटर तुल्सीप्रसाद शर्मा, शिक्षा निर्देशक तुल्सीराम डाँगी, मावि इन्चार्ज बरूण न्यौपाने, ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कूलका प्रिन्सिपल शिव भण्डारी, शिक्षक सीता पोख्रेल बिदाई भएर जाँदै गरेका कक्षा १० का छात्र मनोज पोख्रेल कक्षा ९ कि छात्रा साजवी ढकाललगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरूले गीत, नृत्य र कविता प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजिकरण कक्षा ९ कि छात्रा स्मृति पाण्डेयले गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here