- Advertisement -spot_img
Monday, June 5, 2023
Homeमुख्य खबरउपराष्ट्रपति बने रामसहाय यादव

उपराष्ट्रपति बने रामसहाय यादव

- Advertisement -spot_img

काठमाडौँ, ३ चैत ।
रामसहाय यादव गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का नेता यादव उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

यादव नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीको ममता झालाई हराउँदै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । यादवले ३० हजार ३२८ मतभार प्राप्त गरी निर्वाचित भएका हुन् । संघीय संसदतर्फ १४ हजार ५३६ र प्रदेशसभातर्फ १५ हजार ७९२ गरी कूल ३० हजार ३२८ मतभार प्राप्त गरी निर्वाचित भएका हुन् ।

यादवका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी अष्टलक्ष्मी शाक्यले १६ हजार ३२८ मतभार प्राप्त गरिन् । यस्तै जनमतकी ममता झाले २ हजार ५३७ मतभार प्राप्त गरिन । यादवलाई सत्ता गठबन्धन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाको समर्थन रह्यो ।

निर्वाचन आयोगका अनुसार निर्वाचनमा संघीय संसद्का ३३२ र प्रदेश सभाका ५५० सांसद मतदातामध्ये ८२९ जनाले मतदान गरेका थिए । संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको ४८ छ । उपराष्ट्रपति निर्वाचनमा ५३ सांसद अनुपस्थित रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संघ र प्रदेश गरी ४२, नेमकिपाका ४ सांसदले मतदान गरेनन् ।

जनता समाजवादी पार्टीका सांसद सनाज रहमान (निधन), राष्ट्रपति रामचन्द्र पौडेल, सांसद चन्द्र भण्डारी, वर्षमान पुन, लक्ष्मी कोइरी महतो र मनोरमा शेरचनाले मतदानबाट छुटेका हुन् । सत्तारूढ गठबन्धनबाटै तीनजनाको उम्मेदवारी परेकामा जसपाकी प्रमिलाकुमारी यादवले राम सहायललाई उपराष्ट्रपतिमा समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएकी थिइन ।

उपराष्ट्रपति निर्वाचनमा संघीय संसद्का सदस्यले रातो मसी र प्रदेश सभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको थियो । मतदान बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म भएको थियो ।
को हुन् उपराष्ट्रपति यादव ?

२०२७ साउन ९ गते बारा बसबरियामा जन्मिएका यादवले स्नातकसम्मको अध्ययन गरेका छन् । यादवकी श्रीमती चम्पादेवी यादव, दुई छोरा र एक छोरी छन् । उनका पिताप्रसाद राय र आमा सहवा देवीको मृत्यु भइसकेको छ ।

विक्रम सम्वत् २०४८ सालमा शिक्षण पेशामा प्रवेश गरेका रामसहायको राजनीतिक यात्रा नेपाल सद्भावना पार्टीबाट भएको हो । उनी २०४६ देखि २०५२ सालसम्म सरस्वती नवयुवक क्लवको अध्यक्ष र जिल्ला शिक्षा समिति बाराको सदस्य भए ।

नेपाल सदभावना पार्टीको चौथो महाधिवेशन प्रतिनिधिका रूपमा खटिएका यादव २०५७ सालमा गिरफ्तारीमा परेका थिए । विसं २०५९ मा मधेसी जनअधिकार फोरम, नेपालमा आवद्ध भएका उनी २०६० साल फागुन ७ गते मधेसी जनअधिकार फोरम, नेपाल बाराको संस्थापक संयोजक बने ।

२०६० सालमा मधेसी जनअधिकार फोरम नेपालको केन्द्रीय सदस्य बनेका उनी २०६२/०६३ को जनआन्दोलमा सक्रिय भएर लागे । आन्दोलनका क्रममा उनी काठमाडौँबाट गिरफ्तार परेका थिए । २०६२/०६३ सालको मधेस जनविद्रोहमा बारा, पर्सा, रौतहट र कैलाली जिल्लामा आन्दोलनको नेतृत्वको जिम्मेवारीमा पनि उनले काम गरे ।

२०६४ सालको पहिलो संविधानसभाको सदस्य निर्वाचित भएका उनी पहिलो संविधानसभा अन्तर्राष्ट्रिय सम्बन्ध तथा संवैधानिक निकाय समितिको सदस्यका रूपमा काम गरे । २०७२ साल मधेसी जनअधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टी नेपाल एकीकरण भई गठन भएको संघीय समाजवादी फोरम नेपालको उनी महासचिव बने ।

विसं २०७२ मधेस आन्दोलनमा निषेधाज्ञा तोड्ने क्रममा प्रहरीको लाठी प्रहारबाट सख्त घाइते भएका उनी विसं. २०७४ सालमा प्रतिनिधि सभामा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।

विसं २०७५ सालमा संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल एकीकरण भई गठन भएको समाजवादी पार्टीको महासचिव, विसं २०७६ सालमा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भई गठित जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समिति सदस्य बने । २०७८ सालमा वन तथा वातावरण मन्त्री बनेका यादव २०७९ को प्रतिनिधि सभामा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित बनेका हुन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here