दाङ, ३ चैत ।
दाङमा वर्ष उत्कृष्ट विद्यार्थी छनोट सुरू गरिएको छ । नेशनल प्याब्सन दाङले हरेक वर्ष छनोट गर्ने वर्ष उत्कृष्ट विद्यार्थी यस वर्ष छनोट प्रक्रिया शुक्रबारदेखि सुरू गरेको हो ।
नेशनल प्याब्सनले आफ्ना आबद्ध रहेका विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूको सहभागितामा हरेक वर्ष उत्कृष्ट विद्यार्थी छनोट गर्दै आएको छ । एन प्याब्सनको यो छैटौँ संस्करण हो । भिक्टोरिया एकेडेकी तुलसीपुरको प्रायोजन तथा प्रदेश टुडे राष्ट्रिय दैनिकको मिडिया पाट्नरमा संकरण हुने गरेको छ । हरेक वर्ष एसईई परीक्षा अगावै छनोट हुने वर्ष उत्कृष्ट विद्यार्थी अबका दिनमा कार्यतालिका नै बनाएर लैजाने तयारी गरेको एन प्याब्सनले जनाएको छ ।
यसपटक २५ विद्यालयका ५० जना विद्यार्थीहरू सहभागी भएका छन् । उनीहरूलाई पाँच विषयमा परीक्षा गराएर मूल्यांकन गरिने र त्यसमा उत्कृष्ट नतिजा ल्याउनेलाई वर्ष उत्कृष्ट विद्यार्थी छनोट गरिने कार्यक्रम संयोजक भोजराज न्यौपानेले जानकारी दिए ।
एन प्याब्सनका अध्यक्ष विमल गौतमको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष सुवोध कुमार डाँगीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । डाँगीले दाङ शाखाले उत्कृष्ट काम गर्दै आएको बताए । यसलाई अझ थप व्यवस्थित र प्रभावकारी बनाउन लाग्नुपर्ने बताए ।
कार्यक्रम संयोजक तथा जिल्ला उपाध्यक्ष भोजराज न्यौपानेको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रममा केन्द्रीय सल्लाहकार गुणाकर ढकाल, प्रदेश सदस्य केपी न्यौपाने, तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखाका शाखा अधिकृत धनबहादुर वली, प्रदेश टुडेका सम्पादक गोपाल शर्मा भट्टराई, भिक्टोरियाका सञ्चालक केशव लामिछानेलगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।