- Advertisement -spot_img
Monday, March 20, 2023
Homeमुख्य खबरशेयर सदस्यलाई अभिमुखीकरण

शेयर सदस्यलाई अभिमुखीकरण

- Advertisement -spot_img


तुलसीपुर, ३० फागुन ।
तुलसीपुरमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यलाई सहकारी शिक्षासम्बन्धी अभिमुखीकरण गरेको छ । सहकारीले शेयर सदस्यलाई सहकारीसम्बन्धी ज्ञानको जानकारी गराउन सहकारी शिक्षासम्बन्धी तालिम प्रदान गरेको हो ।

संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले सहकारीका करिब ७० जना शेयर सदस्यलाई सहकारी शिक्षा प्रदान गरेका थिए । हाम्रो पहुँच सहकारीले शेयर सदस्यलाई सहकारीसम्बन्धी सचेतना दिन हरेक महिनाको अन्तिम दिनमा अभिमुखीकरण गर्ने गरेको उनले बताए ।

उनले शेयर सदस्य सहकारीमा आवद्ध भएरमात्रै नहुने भन्दै सहकारीसम्बन्धी ज्ञानको आवश्यकता पनि आवश्यक भएकाले हाम्रो पहुँचले शेयर सदस्यलाई अभिमुखीकरण गर्ने गरेको बताए  । तालिम सूचना तथा अध्ययन उपसमिति सदस्य नोखी रावतको अध्यक्षतामा अभिमुखीकरण कार्यक्रम भएको हो ।

रेडियो हाम्रो पहुँचका समाचार प्रमुख जीतसागर जीएमको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण तालिम तथा सूचना अधिकृत रेखा शर्माले गरेकी थिइन् । सहकारीमा अहिले करिब चार हजारजना शेयर सदस्य आवद्ध छन् भने संस्थाले एक सय बढीलाई प्रत्यक्ष रूपमा रोजगारी प्रदान गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here