- Advertisement -spot_img
Monday, March 20, 2023
Homebreaking-newsराष्ट्रपति पौडेलले लिए पद तथा गोपनीयताको शपथ

राष्ट्रपति पौडेलले लिए पद तथा गोपनीयताको शपथ

- Advertisement -spot_img

काठमाडौँ, २९ फागुन ।
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले सोमबार मुलुकको तेस्रो राष्ट्रपतिका रूपमा शपथ लिएका हुन् । पौडेललाई सर्वाेच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराए । पौडेलले शपथ लिँदा नेपाली सेनाले २१ तोपको सलामी अर्पण गरेको थियो ।

काठमाडौँको महाराजगन्ज स्थित राष्ट्रपति भवन शीतल–निवासमा शपथ समारोह आयोजना गरिएको थियो । पौडेल अब पाँच वर्षका लागि शीतल निवासमै बस्ने छन् । त्यससँगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो दुई कार्यकाल पूरा गरी शीतलनिवासबाट बिदा भएकी छन् । पौडेलले शपथ लिएपछि भण्डारी शीतलनिवासबाट बिदा भएकी हुन् ।

उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका तर्फबाट उपहार प्रदान गरे । राष्ट्रपति पौडेलले गाडी नजिकै पुगेर बिदाइ गरे । निजी निवासमा मर्मतको काम बाँकी रहेकाले तत्कालका लागि भण्डारी काठमाडौँको महाराजगन्जस्थित छोरीको घरमा बस्ने छिन् ।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल पद तथा गोपनीयताको शपथ लिएलगत्तै सहिदहरूको सालिकमा माल्यार्पण गर्न सोमबार काठमाडौँको लैनचौरस्थित सहिदपार्क पुगेका छन् । सहिदहरूप्रति सम्मानका लागि राष्ट्रपति पौडेल सहिदपार्क पुगेको उनका सहयोगीले जानकारी दिए ।

यसपछि उनी सुन्धारास्थित सहिदगेट पुगेर सहिदका सालिकमा माल्यार्पण गरी शीतलनिवास फर्केका थिए । पौडेल गत फागुन २५ गते बिहीवार राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

उपराष्ट्रपतिमा प्रमिलाको समर्थन रामसहायलाई
चैत ३ गते हुने उपराष्ट्रपति चुनावका लागि उम्मेदवारी दर्ता गराएकी जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रमिलाकुमारी यादवले अर्का उम्मेदवार रामसहायप्रसाद यादवलाई समर्थन गर्ने बताएकी छन् । उनले सोमवार आफ्नो उम्मेदवारी फिर्ता लिँदै गठबन्धनका तर्फबाट साझा उम्मेदवार जसपा, नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा प्रतिनिधि सभा सदस्य यादवलाई समर्थन गर्ने घोषणा गरेकी हुन् ।

यादव राजनीतिक, आर्थिक र सामाजिक–सांस्कृतिक रूपले समाजको अग्रगामी रूपान्तरण र परिवर्तनको संघर्षसँगै ऐतिहासिक मधेस जनविद्रोहलगायत लोकतन्त्र बहालीका लागि पटक–पटक भएका विभिन्न आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै उनले आफू पछि हटेको बताइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here