- Advertisement -spot_img
Monday, March 20, 2023
Homebreaking-news‘अन्तरजातीय विवाहले लोप हुँदै भाषा र संस्कृति’

‘अन्तरजातीय विवाहले लोप हुँदै भाषा र संस्कृति’

- Advertisement -spot_img


मातृभाषा सिक्दै नयाँ पुस्ताका कुसुण्डा


उमा भण्डारी
दाङ, २९ फागुन ।
पछिल्लो समय जातीय विभेदको अन्त्यका लागि अन्तरजातीय विवाहलाई सामाजिक अभियानको रूपमा लिने गरिन्छ । विभिन्न ठाउँमा अन्तरजातीय विवाह गर्नेलाई स्थानीय सरकारले सम्मानसमेत गर्ने गरेको छ ।

तर कुसुण्डा समुदायमा भने अन्तरजातीय विवाहकै कारण जातीय अस्तित्व मासिदै गएको कुसुण्डा समुदायका व्यक्तिहरू बताउँछन् । परिवारमा हुने अन्तरजातीय विवाहकै कारण कुसुण्डा जातिको भाषा र संस्कृति लोप हँुदै गएको प्यूठानको सरूमारानी गाउँपालिका–६ बुढिचौरकी हिमा कुसुण्डाको भनाइ छ ।

जातीय भाषालाई अन्य समुदायस्तरमा प्रचारप्रसार गर्नुपर्ने बेलामा स्वयंले कापीमा लेखेर आफ्नो मातृभाषा बोल्नुपर्ने अवस्था रहेको उनले बताइन् । कुसुण्डा समुदायमा बढ्दो अन्तरजातीय विवाह र भाषा संरक्षणमा सरकारले चासो नदिदा कुसुण्डा भाषा र यसको जातीय संस्कार लोप हुँदै गएको उनको भनाइ छ ।

हिमाका अनुसार कुसुण्डा जातिको चलनअनुसार कुसुण्डा समुदायभित्र आफ्नो मामाको छोरासँग बिहे गर्नुपर्ने हुन्छ । तर पछिल्लो समय अन्तरजातीय विवाह गर्ने क्रम बढ्दै गएपछि कुसुण्डा समुदायको जातीय चलन र मातृभाषा प्रयोग नै हुन छाडेको छ । जसका कारण पछिल्लो युवा पुस्तामा आफ्नो मातृभाषा यस्तो हुन्छ भन्ने नै छैन । उनीहरूले नेपाली भाषा नै मातृभाषाको रूपमा लिने गर्दछन् ।

‘हाम्रो चलन, संस्कारमा कुसुण्डा परिवारभित्रै फुपूको छोरीको मामाको छोरासँग विहे गर्ने हो तर अहिले त्यो चलन हराउँदै गएको छ । ‘मेरो आमा मगर समुदायको हुनुहुन्छ अनि बुबा कुसुण्डा समुदायको । जसका कारण परिवारमा कुसुण्डा भाषा नै प्रयोग हुँदैन’ उनले भनिन्– ‘हामी अहिले यस्तो अवस्थामा आएका छौँ कि मातृभाषा खोज्नुपर्ने, सोध्नुपर्ने भएको छ । अरूबाट सिक्नुपर्ने भएको छ ।’

दाङको घोराहीमा बसेर कक्षा १२ मा अध्ययन गर्दै आएकी हिमाले नियमित पढाइसँगै कुसुण्डा भाषासमेत सिक्दै आएकी छन् । समय रूपान्तरित भएसँगै कुसुण्डाको भाषा, भेषभूषा पनि हराउँदै जान थालेको प्रति चिन्ता जागेकाले भाषा सिकन थालेकी हुन् उनले भनिन् ।

पछिल्लो पुस्तामा आफ्नै भाषा कस्तो हुन्छ ? कसरी बोलिन्छ भन्ने थाहा हुनै छोडेपछि भाषा संरक्षणका लागि आफूले कुसुण्डा भाषा पढ्न थालेको उनी बताउँछिन् । कुसुण्डा जातिमा साही, सेन, खानजस्ता थरहरू हुने गर्दछन् । तर पहिल्लो समय शाही कुसुण्डा र सेन मात्रै भेटिने उनले बताइन् ।

मगर, थारू समुदायमा आफ्नै भाषा बोलिरहदा आफू पनि भाषा संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले अहिले कुसुण्डा भाषा पढिरहेको उनी बताउँछिन् ‘हाम्रो गाउँमा २४ घरपरिवार कुसुण्डा छन् । तर त्यहाँ बृद्धबृद्धादेखि हाम्रो पुस्तासम्म नेपाली भाषा नै प्रयोग हुन्छ । कुसुण्डा भाषा बोल्न लगायो भने थाहा नै छैन’, उनले भनिन्– ‘हाम्रो पहिचान नै मेटिन थालेपछि मैले भाषा संरक्षण गर्नुपर्छ भनेरै आफ्नो भाषा पढ्न सुरू गरेकी हुँ ।’

‘गाउँमा पुरानो पुस्ताहरूले समेत कुसुण्डा भाषा नै बिर्सिन थालेपछि युवा पुस्ताले झन कसरी सिक्छन् र’ उनले भनिन् ‘भाषा जोगाउन त अग्रजहरू पनि लाग्न पर्छ ।’ हामीले हाम्रो भाषा बोल्नै छोडेपछि गाउँमा गाली गर्दा कुसुण्डा भनेर होच्याउने, बोल्ने गर्दछन् ।’

उनले भनिन्– ‘मौलिकता नै बिर्सिदै गएपछि हाम्रो समुदायको अस्तित्व नै रहँदैन कि भन्ने चिन्ता लागेर म गाउँकै एकजना हजुरआमाको माध्यबाट दाङ आएर आफ्नो भाषा सिकिरहेको छु ।’

पछिल्लो पुस्तामा भाषा संरक्षण गर्नुपर्छ भन्ने चासो बढ्दै गएको उनले बताइन् । घोराहीमा कुसुण्डा भाषाविज्ञ उदयराज आलेसँग पढ्दै आएको बताइन् । अहिले १२ जनामध्ये तीनजना पुरूष र ९ जना महिलाहरूले भाषा सिकिरहेको उनले जानकारी दिइन् ।

दाङमा भाषा सिकेर आफ्नो समुदायमा पनि मातृभाषा सिकाउने उनको उद्देश्य रहेको छ । दाङमा कुसुण्डाको जनसंख्या कहाँ कति कुन अवस्थामा रहेको छ ? त्यसबारे अध्ययन गर्ने योजनामा रहेको जानकारी गराइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here