Thursday, March 28, 2024
Homeमुख्य खबरसामाजिक अभियान्ता योगी सम्मानित

सामाजिक अभियान्ता योगी सम्मानित

- Advertisement -spot_img

घोराही, २८ फागुन ।
सामाजिक अभियान्ता बिमला योगी राष्ट्रिय नारी सम्मान २०७९ बाट सम्मानित भएकी छन् । घोराही उपमानगरपालिका वडा नम्बर १५ निवासी योगी चन्द्रलोक प्रतिष्ठान काठमाडौँबाट राष्ट्रिय नारी सम्मान २०७९ बाट सम्मानित भएकी हुन् ।

वि.स. २०४६ देखि महिला, बालबालिका र युवाहरूको व्यक्तित्व विकास र नेतृत्व विकासका लागि क्रियाशील योगीलाई प्रतिष्ठानले नेपालको मेरूदण्डको रूपमा रहेको आर्थिक क्षेत्र र त्यसलाई विधिसंगत रूपले व्यवस्थापन गर्ने एवं नागरिकको बचत गर्ने बानीको विकास र प्रवद्र्धन गर्ने कार्यमा सक्रिय रही आर्थिक विकासको क्षेत्रमा सक्रियतापूर्वक लागेर सेवाभाव र निरन्तरताको उच्च प्रशंसा गर्दै सम्मान गरेको हो ।

सामाजिक कार्यक्रममा अत्यन्तै निष्ठा र समर्पणका साथ विभिन्न क्षेत्रमा आफूलाई निष्ठापूर्वक नेपाली समाजमा समर्पित गराउँदै आएको भन्दै उनलाई सम्मान रिएको हो । २०२५ साल बैशाख २२ गते बुबा छविलाल योगी र आमा राधादेवी योगीको कोखबाट जन्मेकी योगी जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी निर्देशक हुन् ।

नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको संस्थापक अध्यक्ष, महिला संघ दाङका संस्थापक अध्यक्ष भएर जिम्मेवारी सफलतापूर्वक पूरा गरेकी योगी नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत हुन् । योगीको पहलमा हाल ६ सय बढी विपन्न, द्वन्द्वपीडित बालबालिकाहरूलाई निशुल्क शिक्षा लिईरहेका छन् । योगीले ग्रामीण क्षेत्रहरूमा लक्षित गरि व्यक्तिगत लगानीमा ‘बालिका शिक्षा तथा स्वास्थ्य कार्यक्रम’ सञ्चालन गरेकी छन् ।

उनकै पहलमा घोराहीमा हिंसापीडित पुनस्र्थापना केन्द्र, कृषकहरूका लागि हरियो बजार सञ्चालनमा रहेका छन् । समाजशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेकी योगी घोराही खानेपानी तथा सरसफाई संस्थाको संस्थापक, त्रिभुवननगर जेसीजको सदस्य, नेपाल रेडक्रस सोसाईटीको आजीवन सदस्य, घोराही रक्त सञ्चार केन्द्रको संस्थापक र गैरसरकारी संस्था महासंघ नेपालको संस्थापक भएर कार्यअनुभव गरिसकेकी छन् ।

योगीलाई यसअघि दाङ महिला जेसीजबाट सम्मान, द रेयुकाई नेपालले समाजमामा पु¥याएको महत्वपूर्ण सहयोगबापत सम्मान, घोराही खानेपानी तथा सरसफाई संस्थाले घोराही क्षेत्रमा शुद्ध खानेपानी पु¥याएबापत सम्मान, राष्ट्रिय सहकारी बैकले प्रदेशस्तरीय सफल सहकारी सञ्चालन गरेबापत सम्मान र विधवा महिला सरोकार केन्द्र दाङद्वारा सिमान्तकृत तथा विधवा महिलाहरूको सामाजिक न्यायमा पहुँच तथा आर्थिक पुनस्र्थापना गर्न पु¥याएको योगदानबापत सम्मान गरेको थियो ।

योगीले अष्टे«लिया, जापान, ईन्डोनेसिसा, भारत, बंगलादेश, फ्रान्स, फिलिपिन्स, मलेशिया, स्विजरल्याण्ड, जर्मन, नेदरल्याण्ड लगायतका देश भ्रमण गरिसकेकी छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here