Saturday, April 20, 2024
Homebreaking-newsसल्यान बागचौरका झग्गु, ‘आफ्नै लगानीमा घर–घरमा पानीका धारा’

सल्यान बागचौरका झग्गु, ‘आफ्नै लगानीमा घर–घरमा पानीका धारा’

- Advertisement -spot_img


उमा भण्डारी
सल्यान, २३ फागुन ।
सल्यानको बागचौर नगरपालिकाका झग्गु बस्नेतको घरको माथिल्लो तलामा लहरै पाइपहरू जोडिएका छन् । करिब २२ वटा पाइपहरूमा छुट्टाछुट्टै नटबोल्डहरू राखिएको छ । झग्गु र उनकी श्रीमती पालैपालो ती पाइपमा पानी छोड्ने र बन्द गर्ने गर्दछन् ।

बस्नेत दम्पतीको दिनचर्या नै पानी खोल्ने र बन्द गर्नेमा नै बित्ने गर्दछ । बस्नेतले रातिको समयमा अर्लाम लगाएरै पानी खोलिदिने र बन्द गर्ने गरेको सुनाए । ‘दिनभर श्रीमतीले हेर्छिन् राति मैले हेर्छु’ उनले भने–‘रातको ३ बजे, ४ बजे उठेर पानी खोलिदिनुपर्छ । कहिले त निदाउनै पाइदैन ।’ पेसाले होजीयारी व्यवसायी बस्नेतले दिनभर पसलको काम गर्छन् भने रातभर जाग्राम बसेर समुदायमा पानी पु¥याउने काम गर्छन् ।

खानेपानीको अभाव भएपछि व्यक्तिगत प्रयोजनका ल्याएको पानी अहिले गाउँका ३५ घरसम्म पु¥याउँदै आएको बस्नतेले बताउँछन् । काठमाडौँमा लगेर पानीको शुद्धता परिक्षण गरेर मात्रै पानी वितरण गरिएको उनले जानकारी दिए ।

गाउँमा एउटा मात्रै धारा । रातभर लाइनमा बसेर पालो कुरेर पानी ल्याउनुपर्ने वाध्यता । पानीको चरम अभाव र पानी जोहो गर्नै समस्या भएपछि बस्नेतले वि.सं. २०६८ सालमा कोटमौलामा मुहान बनाएर पाइपमार्फत व्यक्तिगत प्रयोजनका लागि बागचौरमा खानेपानी ल्याएका थिए । तत्कालिन समयमा ४ लाख रूपैयाँ खर्च गरेर व्यक्तिगत प्रयोजनका लागि ल्याएको पानी अहिले ३५ घरमा पु¥याउँदै आएको बस्नेतले बताए ।

करिब पाँच किलोमिटर टाढाबाट घरमा पाइपलाइन जोडेर आवश्यकतानुसार बागचौरका स्थानीयलाई पालैपालो पानी उपलब्ध गराउँदै आएका छन् । बागचौरका बैंक तथा वित्तीय संघसंस्था, सामाजिक संघसंस्था, नगरपालिका, अस्पतालहरूले पनि बस्नेतकै घरबाट पानी लैजाने गरेका छन् ।

स्थानीयहरूको माग बढ्दै गएपछि पाँच वर्ष पहिले आठलाख ८० हजार रकम खर्च गरी ३२ एमएमको पाइप जडान गरेर स्थानीहरूलाई पनि पानी पु¥याउन थालेको उनी बताउँछन् । पानीकै लागि सुरू र पछि गरेर १२ लाख ५० हजार रूपैयाँ व्यक्तिगत रूपमा लगानी गरेको उनको भनाइ छ ।

‘सुरूमा चार लाख रूपैयाँ खर्च गरेर दाजुभाइसहित तीन÷चार घरका लागि मात्रै पानी ल्यायौँ । तर पछि एक घर, दुई घर गर्दै सबैले पानी माग्न थाल्नुभयो’ उनले भने–‘सबैलाई पानी पु¥याउनै गाह्रो भएर फेरी साढे आठलाख रूपैयाँ खर्च गरी ३२ एमएमको पाइप जडान गरे । अहिले सबैलाई पानी पु¥याउँदै आएको छ । ’

‘सेवा नै धर्म हो’ भन्ने उद्देश्यले आवश्यकतानुसार सबैलाई पानी उपलब्ध गराउँदै आएको उनी बताउँछन् । पानी प्रयोगवापत स्वइच्छाले रकम दिएमा मात्रै आफूहरूले लिने गरेको उनले बताए । हामीले पैसा देऊ कसैलाई भनेका छैनौँ ।

कसैले खातामा राखिदिनु हुन्छ, कसैले घरमै आएर दिनुहुन्छ तर हामीले यति चाहिन्छ भनेर भन्दैनौँ । तर पानी दिँदा भने समय तय गरेका छौँ’ उनले भने– ‘व्यवसायभन्दा पनि यसलाई हामीले सेवाको रूपमा लिएका छौँ ।’

गाउँमा नगरपालिकाले खानेपानीको लिफ्ट सञ्चालन गरेपछि माथिल्लो भेगमा स्थानीयहरूले लिफ्टको पानी प्रयोग गरेपनि समय–समयमा पानी चाहियो भनेर आउने गरेको उनले बताए ।

कोरोना महामारीको समयमा नगरपालिकाले सञ्चालन गरेको आइसोलेसनमा, नगरपालिकाको भवन निर्माणमा पनि आफ्नै घरको पानी प्रयोग भएको उनले बताए । बस्नतेको घरबाट नगरपालिकामा दुईवटा पाइप जडान गरिएको छ । नगरपालिकाले आफ्नो आवश्यकता अनुसार उक्त पाइपमार्फत पानी प्रयोग गर्ने गर्दछ ।

खानेपानीको अभावले सास्ती खेप्नु परेको समयमा बस्नेतले खानेपानी घर–घरमा पु¥याउँदा ठूलो राहत मिलेको स्थानीयहरू बताउँछन् । बागचौर आसपासमा पानीको समस्या समाधान भएको उनीहरूको भनाइ छ । बस्नेतले कोटमौलामा दुई सय मिटरको टंकी निर्माण गरेका छन् । मुहान संरक्षणका लागि इन्डेक्स बनाएर मुहानलाई प्लाष्टिकले छोपेका छन् ।

मुहान वरीपरी पैयुँबयस, उत्तिसको जस्ता बोटविरूवाहरू रोपेका छन् । बागचौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार गौतमले झग्गुको प्रयास सह्रानीय भएको बताए । खानेपानीको अहिले पनि समस्या रहेको यस क्षेत्रमा व्यक्तिगत प्रयासमा घर–घरमा पाइपलाइनको पानी खुवाउने काम भएको बताए ।

बजार क्षेत्रमा पानीको समस्या थियो, उनले भने ‘अहिले लिप्टिङको पानी आए पनि उनको धाराको पानीको महत्व उपभोक्ताले बढी दिएको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here