- Advertisement -spot_img
Monday, March 20, 2023
Homebreaking-newsनेपाल आईसीसी यू–१९ विश्वकपमा

नेपाल आईसीसी यू–१९ विश्वकपमा

- Advertisement -spot_img

काठमाडौँ, १९ फागुन ।
नेपालको जुनियर क्रिकेट समूह (यू १९) आइसीसी विश्वकपमा छनोट भएको छ । लगातार ५ खेलमा जित निकाल्दै नेपाल विश्वकपमा छनोट भएको हो । सन् २०२४ मा श्रीलंकामा आयोजना हुने आईसीसी यू–१९ विश्वकपमा नेपालले खेल्ने छ ।

बिहीबार युएईमा भएको खेलमा दीपेश कँडेलको उत्कृष्ट बलिङ प्रेरित नेपालले घरेलु टिम युनाइटेड अरब इमिरेट्स (युएई) माथि सात रनको रोमाञ्चक जित निकाल्दै अर्काे वर्ष श्रीलंकामा हुने युवा विश्वकपमा स्थान पक्का गरेको छ ।

४८औँ ओभर बलिङका लागि आएका दीपेशले आफ्नो ओभरको अन्तिम तीनमा ह्याट्रिक लिएपछि यूएईविरूद्ध अप्रत्यासित जित निकाल्दै नेपालले आठ वर्षपछि यू –१९ विश्वकपमा स्थान बनाएको हो । दीपेश ४८औँ ओभर बलिङका लागि आउँदा युएईलाई जितका लागि ११ रनको आवश्यकता थियो । र, युएईको हातमा तीन विकेट थियो । यो ओभरको पहिलो बलमा युएईका ब्याटर मरूफ मर्चन्टले एक रन लिए ।

दीपेशले दोस्रो बल डट फ्याँके । तेस्रो बलमा युएईका ब्याटर हर्षित सेठले दुई रन लिए । तर, चौथो बलमा दीपेशले चार रनमा खेलिरहेका हर्षितलाई बोल्ड गरे । पाँचौँ बलमा दीपेशले ब्याटिङका लागि आएका नयाँ ब्याटर हरित हरिस सेट्टीलाई कप्तान देव खनालबाट क्याच आउट गराए ।

यस्तै, दीपेशले ओभरको अन्तिम बलमा ब्याटिङका लागि आएका मोनिस गजेसलाई बोल्ड गर्दै ह्याट्रिक लिएपछि नेपालले सनसनीपूर्ण जित निकालेको थियो । बिहीबार युएईको इडेन गार्डेन ओभल अज्मानमा नेपाली टिमले प्रस्तुत गरेको १९२ रनको लक्ष्य पछ्याउने क्रममा घरेलु टिमले ४८ ओभरमा सबै विकेट गुमाएर १८४ रनमात्र बनाउन सक्यो । त्यसअघि टस हारेपछि ब्याटिङमा निम्त्याइएको नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाएर १९१ रनको योगफल खडा गरेको थियो ।

नेपालले सन २०१६ पछि विश्वकपमा स्थान बनाएको हो । त्यसअघि २०१९ मा नेपाललाई एक रनले पराजित गर्दै युएईले विश्वकपमा स्थान बनाएको थियो । मलेसियामा सम्पन्न उक्त छनोट प्रतियोगितामा नेपाल डकवर्थ लुइस पद्धतिका आधारमा एक रनले पराजित भएको थियो । त्यही हार नेपालको विश्वकप यात्रामा तगारो बनेको थियो । यस्तै, सन २०२१ मा पनि कोभिड–१९ महामारीका कारण छनोट नहुँदा युएई सोझै छनोट भएको थियो ।

नेपालले यसअघि २०००, २००२, २००४, २००६, २००८, २०१२ र २०१६ मा गरी सातपटक आईसीसी यू–१९ विश्वकप खेलिसकेको छ । युएईले भने २०१४, २०२० र २०२२ मा युवा विश्वकप खेलेको थियो । आजको खेलमा नेपालका कप्तान देव खनालले ५१ रन बनाए । देवले ८४ बलमा तीन चौका र एक छक्का प्रहार गरे ।

१९–३ को अवस्थामा रहँदा देवले चौथो विकेटका लागि उत्तम रङ्गु थापामगरसँग ८४ रनको साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए । उत्तमले ४८ बलमा तीन चौका र एक छक्कासहित ३६ रन बनाए । विशाल विक्रम केसीले ३८, दीपेश कँडेलले १५, हेमन्त धामीले १३ र मिलन बोहराले १० रन थपे । नेपालका ओपनर दीपक बोहरा खेलको पहिलो बलमै ‘गोल्डेन डक’ भएका थिए ।

युएईका धु्रव पारासर तीन विकेट लिए । कप्तान आयान अफ्जल खान र हरित हरिस सेट्टीले समान दुई विकेट लिए । अम्मर बदामी र हर्षित सेठले एक–एक विकेट लिए । युएईको इथन कार्ल डीसुजाले ५० रन बनाए । आर्यन सक्सेनाले ३४, आर्यन्स शर्माले ३२, अम्मर बाडामीले १९, धु्रव पारासरले १७ र मरूफ मेर्चन्टले १२ रन बनाए ।

युएईविरूद्ध रोमाञ्चक जित दिलाउन उत्कृष्ट बलिङ गरेका दीपेशले पाँच विकेट लिए । १० ओभर बलिङ गरेका दीपेशले एक मेडन राख्दै ४२ रन खर्चिए । सुवास भण्डारी र हेमन्त धामीले समान दुई विकेट लिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here